छोराको लासमा मुर्छा आमा, सबैले आत्मा शान्तिको कामना गरौ



हाम्रो इकोनोमि

 

उनका बाबुको ६ महिनाअघि मात्रै मृत्यु भएको थियो । बाबुको मृत्युपछि छोराको सहारामा बाँचिरहेकी आमा रामेछापको उमाकुण्ड गाउँपालिका गुम्देलकी मिठुमाथि अहिले अर्को बज्रपात आइलागेको छ ।

झन्डै ६५ बर्षकी मिठु घिमिरेले मृत्युबारे बिहीबारसम्म पनि बेखबर थिइन् ।

उनलाई छोरा दुर्घटनामा घाइते भएको भनेर भेट्नका लागि आफन्तले काठमाडौं ल्याएका थिए ।

सायद उनी बस दुर्घटनामा घाइते भएको आफ्नो जेठो छोरा अर्जुनसँग के–के कुरा गर्छु भनेर मनमनै गम्दै काठमाडौ आएकी थिइन् होला ।

तर नियतीको खेल उनी छोरा भेट्न होइन श्रद्धाञ्जली दिनका लागि आएकी थिइन् ।

छोरा हेलिकोप्टर दुर्घटनामा परेर निधन भएको खबर अगाडि नै सुनाएर अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौं ल्याउन नसकिने भएपछि अर्जुनकी आमालाई दुर्घटनाबारे केही नबताइएको उनका आफन्तहरुले बताए ।

अर्जुनका बुवा उनका श्रीमान १० बर्ष निरन्तर विरामी भएर ६ महिनाअघि बितेका थिए । मृत्यु भएको छोराको अनुहारसम्म हेर्न पाइनन् उनले ।

हेलिकोप्टर दुर्घटनामा मृतक घिमिरेको शव चिन्न नसक्नेगरी जलेको छ ।

उनी टुँडिखेलमा श्रद्धाञ्जलीका लागि पुग्दा भावविह्वल थिइन् ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...