पक्राउ परेका पाइलटका छोरालाई पाकिस्तानी सेनाको मन छुने पत्र (पत्र सहित)



हाम्रो इकोनोमि

 

पाकिस्तानी सेनाले आफूले पक्राउ गरेका भारतीय वायुसेनाका पाइलट अभिनन्दन बर्तमानलाई आज रिहा गर्दैछ ।

हिजो पाकिस्तानी संसदको बैठकमा प्रधानमन्त्री इमरान खानले अभिनन्दनलाई आज भारतलाई सुम्पिने घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीको घोषणा लगत्ते पाकिस्तानी सेनाले पाइलट अभिनन्दनका छोरालाई सम्बोधन गर्दै एक पत्र लेखेको छ ।

यो पत्र अभिनन्दन, उनकी पत्नी र उनका छोराको पारिवारिक फोटोसहित ‘पाकिस्तानी आम्र्ड फोर्सेज’को फेसबुक पेजमा पोस्ट गरिएको छ ।

 

पत्रमा लेखिएको छ – ‘हाइ लिटिल बन्नी ! बधाइ छ । तिमी छिटै आफ्ना पितालाई अंकमाल गर्न गइरहेका छौ ।

हामी उनलाई तिमीकहाँ उपहारको रुपमा पठाउँदैछौं, यो कुराको पर्वाह नगरिकन कि उनी यहाँ तिमीजस्तै कैयौंमाथि बम बर्साउन आएका थिए। ब नी सुन । तिमीलाई मेरो एउटा अनुरोध छ ।

जब उनी भावुक भएर तिमीलाई अंकमाल गर्नेछन्, कृपया मेरो तर्फबाट उनीसँग केही प्रश्नहरु सोधिदिनू ।

उनीसँग सोध्नू – ड्याड, के मजस्तै कश्मिरी बालबालिकाहरुसँग आफ्ना पिताको साथमा खुसीसाथ बाँच्ने अधि कार छैन ? उनीसँग सोध्नू – यदि उनीहरुले तपाइँलाई हिंस्रक भीडको बीचमा छोडिदिएको भए ?

उनीसँग सोध्नू – युद्ध र घृणाको मूल्य के हुन्छ ? उनीसँग सोध्नू – के शक्तिशाली हुन्छ ? घृणा कि माया ? उनीसँग सोध्नू – जीवन र मृत्युमा के सुन्दर हुन्छ ? म यी प्रश्नहरुको जवाफको प्रतिक्षामा हुनेछु ।

खुसी रहनु लिटिल बन्नी । म चाहन्छु एक दिन तिमी आफ्ना पितमसँग हामीकहाँ आउ । हातमा बम र मिसाइल होइन फूल लिएर आउ ।

अनि अझै एउटा कुरा – म बाचा गर्छु कि हामी कसैलाई पनि तिम्रो मुस्कान खोस्न दिने छैनौं र विनाशको लागि हाम्रो जमिन प्रयोग हुन दिने छैनौं ।

आफ्ना पितासँग खुसी रहनू । मानवता प्रेमी ।पत्र हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया दिनुहोस
पूर्व सभापति देउवालाई स्वागत छ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट पूर्व सभापति शेरबहादुर...

पार्टी एकताका लागि देउवाको आव्हान

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी एकताको आह्वान गरेका छन्। करिब...

नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र त हुँदै छैन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र...

बाजागाजासहित देउवालाई स्वागत गर्न ७ हजार नेता-कार्यकर्ता सडकमा

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीको इतर समूहले आज...