विप्लव विरूद्ध वोलेपछी पत्रकार रबि लामिछाने लाई क्रान्तिकारी साहित्यिकारको खुल्ला पत्र
सर्व प्रथम रबि लामिछाने जि नमस्कार ! तपाई देशको चर्चित पत्रकार हुनुहुन्छ। तंपाईका लाखौ फ्याँनहरु छन् सुभचिन्तकहरु छन् ।
म बैचारिक हिसाबले त तंपाईभन्दा अलि फरक बिचारधाराको मान्छे हुँ तर पनी एउटा सामान्य नागरिकको हिसाबले म पनि तपाईं को एक समर्थक हुँ ।
तपाई एउटा जनता लाई सहि सुचना पुर्याउने माध्यम हो । तपाईं यदि जनता लाई सहि सूचना पुर्याउन चाहानुहुन्छ भने तपाई आफैमा प्रस्ट हुन जरुरी छ ।
आफू सबै खाले भ्रम बाट मुक्त हुन जरूरी छ । म मान्छु तपाई मा धेरै राम्रा गुणहरु पनि छन।
कि आफुले नबुझेको विषयमा नबोल्दै राम्रो हुन्छ कि? यदि बोल्ने हो भने तपाई एउटा सूचना को माध्यम हो तपाईं ले सहि सुचना मात्र सम्प्रेषण गर्दा राम्रो होला कि?
तपाईंले बोलेका सबै कुरा सहि हुन्छन भन्ने छैन ? तपाई ले धेरै बिषयबस्तुहरु सहि राख्नुहुन्छ तर गहिरिएर अध्यन नगरी लोकप्रियता कमाउन बोलेका बिषय हरुले तपाई का हजारौं सत्य कुराहरुलाइ पनि झुट बनाइदिन सक्छ ?
म तपाई जस्तै एक युवा हु ? म जस्ता लाखौं युवाहरु छन? यो देशमा तपाईका फ्याँनहरु मात्र यो देशका मान्छे होइन ?
यो देशमा साच्चिकै परिबर्तन चाहाने मान्छेको ठूलो समूह तपाई को फ्याँन लिस्ट भन्दा बाहिर छन्।
तँपाई सँग मेरो एक दुई ओटा बिषयमा गम्भीर असहमति छ। तँपाईका पनि आलोचना गर्ने धेरै ठाउँ हरु छन् ।
तपाईको लोकप्रिय कार्यक्रम सिधा कुरा जनता संग को एक दुई ओटा एपिसोटमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटिको विषयमा जसरी कुराहरु राख्नु भयो त्यँहा , मेरा गम्भीर तर्कहरु छन्।
म तपाईं जस्तै एक जना युवा हुँ तपाई जतिकै लोकपृय त पक्कै छैन र तपाईं ले जति धेरै मान्छेहरु चिनेको पनि छैन ।
तर बैचारिक हिसाब ले तपाईं संग जुन सुकै एङगल बाट पनि बहस गर्न तयार छु ।
पहिला म तपाई लाई मेरो परिचय नढाटी भन्छु म विप्लव नेतृत्व को नेपाल कम्युनिस्ट पार्टीको सामान्य कार्यकर्ता हुँ । पहिलो कुरा विप्लव नेतृत्व को नेपाल कम्युनिस्ट पार्टी कुनै समूह होइन यो कुरा तपाई ले बुझ्नु पर्छ ।
२०६९ सालमा तत्कालीन संविधानसभा बाट ९०% जना सभासद हरु सहित कमरेड किरण को नेतृत्व मा नेकपा माओवादी पुनर्गठन गरेर संसदीय ब्यावस्थाको बहिस्कार गरेर निस्किएको एउटा राजनैतिक शक्ति हो।
त्यसपछी विभिन्न चरण हरु पार गर्दै अहिले नेपाल को एक वैकल्पिक राजनैतिक शक्तिको रुपमा उदयमान भयको एउटा पार्टी हो ।
लाखौ करोडौं उत्पीडित जनसमुदाय को साथ र समर्थन रहेको राजनैतिक शक्ति लाई समुह भनेर अपाबाह फैलेउने तपाई को हो?
दोस्रो कुरा हामी यो देशमा दलाल संसदीय ब्यावस्था को खारेजी को माग गर्दै ८ औ थबाङ माहाधिवेशन बाट बिद्रोहको कार्यदिशा पारित गरेर यो मुलुक को परिबर्तन को निम्ति अनबरत सङघर्सरत छौ।
यो विषयमा म पछि चर्चा गर्नेछु।अर्को विषय तपाई एउटा क्यामरा लिएर दुई चार जना पत्रकार लिएर दुई चार जना खराब नियतका मान्छेका पछि लागेर समाचार बनाउदै कुद्नुु हुन्छ त्यो तपाई को मिसन होला ।
तपाई को लक्ष्य होला तर हाम्रो लक्ष्य अलि फरक र पृथक छ। हामिले यो देशको परिबर्तन को कुरा गर्दा बिद्रोह को कुरा गर्दा के तपाई लाइ सामान्य लाग्छ? के हामी कुनै रहर नपुगेर वा भाग नपाएर बरालिदै हिडेका मान्छे हौ जस्तो लाग्छ ? यदि तेस्तो हो भने त्यो भ्रम लाई मानसपटल बाट अहिल्यै हटाइहाल्नुहोस् ।
तपाई ले क्यामरा लिएर हिडे जस्तो सजिलो छैन रबि जि लाखौं उत्पीडित जनता का परिवर्तन का सपना हरु बोकेर हिडन् ।
हामी यो देशमा साच्चिकै परिवर्तन चाहान्छौ । तपाई दुई चार जना दलाल मान्छेहरु संग जिस्किरहदा हामी सिङो दलाल ब्यबस्था संग लडिरहेका छौ। तपाई साच्चिकै सका रात्मक हुनुहुन्छ साचिकै परिबर्तन को पक्षधर हुनु हुन्छ भने आउनुस सहकार्य गरौ होइन भने परिवर्त नका पक्षधर हरुका बिरुद्ध अफाबाह फैलाउन बन्द गर्नुहोस्।
…… .. अब म मुख्य प्रसङ्ग मा प्रबेस गर्दै छु के तपाई ले दुई चार हजार कर छली गर्नेहरुको समाचारको भिडियो बनाएर वाहिवाही कमाइरहदा एनसेलले ७३ अर्ब कर नतिरेको कुरा थाहा पाउनु भएन र रवि जी ? यसको के उत्तर छ ?
कहिल्यै उठाउनु भो त्यो विषयमा के तपाई लाई लाग्छ हामिले ललितपुरमा सिम बहादुर गुरुङ को घरमा ताकेर बम हान्यौ? एनसेल माथिको जनका रबाहीमा सिम बहादुर को ज्यान जानू दु:खद हो त्यो एउटा त्रुटि थियो। हामी पनि दुखी छौ त्यसमा तर रबि जि। एउटा कमजोरी पक्ष लाई मात्र अगाडि सारेर पुरै प्रक्रिया गलत हो भन्ने तपाईं को आसय गलत हो। एनसेल लाई कारबाही कसले गर्ने त रबि जि चुनावमा १० अर्ब चन्दा दिएपछी सरकार र प्रतिपक्षी दुबै चुप के तपाई को सिधा कुरामा ले कारबाही गर्न सक्छ ? एनसेललाइ? हैन भने रबि जि मेरि आमाले दाउरा बोकेर किनेको १०० को रिचार्ज कार्ड बाट उठाएको कर राज्य लाई तिर्दैन भने एनसेलका टावर मात्र हैन हामी नेपाल बाटै लखेट्छौ।
अर्को कुरा रबि जि हाम्रो चन्दा को विषयमा एनसेल संग कुनै बार्गेनिङ छैन । यो भ्रम पनि नपाल्नु होला।हाम्रो बिरुद्ध तपाई जोडतोड ले खनिनु पर्ने कुनै कारण छैन यदि तपाईं साच्चिकै परिवर्तनको पक्षधर हो भने। यति मात्र होईन रबि जि हाम्रो उदेश्य ठूलो छ । हामी बैज्ञानिक समाजबादी ब्यबस्था प्राप्तिको महा अभियान मा छौ। हामी तपाइले भनेजस्तो पद नपाएर बहुलाएका हैनौ। हाम्रो पनि मुल्य तोकिएको थियो। सुखसयल को जिन्दगी को अफर सहित तर हामी हाम्रो भन्दा पनि सम्पुर्ण नेपाली को जिबनस्तर बदल्ने महान उद्देश्यमा लागेका छौ। हामी माक्र्सवाद मा बिस्वास गर्छौ।तपाई ले कतिको बुझ्नु भाको छ। माक्सबाद त्यो त थाहा भएन तर माक्सबाद समाज परिबर्तन को एक मात्र बैज्ञानिक आधार हो।
माक्सबाद ले बल प्रयोग बिना शासन सत्ता र उत्पीडित मान्छे को जीवन स्तर फेरबदल गर्न असम्भव देख्छ।त्यसको रुप हतियार सहित को युद्ध पनि हुन सक्छ र हतियार उठने नउठने कुरामा शाषकहरुको रबैयामा पनि भर पर्दछ। रबि जि हामी पनि सकभर युद्ध चाहदैनौ तर आवश्यकपरे नकार्न सकिँदैन । युद्ध भए पछि नचाहादा नचाहदै पनि केही मानविय र भौतिक क्षतीहरु त भैहाल्छन।क्षती भन्दा पनि मुख्य कुरा परिवर्तन को हो यदि उत्पी डित जनता हरुको जीवन स्तरमा परिवर्तन आउँछ भने हामिले सामान्य क्षतीहरु बेहोर्न्र आट गर्नुपर्छ।
हतियार बिना यो दलाल ब्यबस्थासंग लडनअसम्भव छ। तपाई लाई यो कुरा एक दिन महसुस हुनेछ ।तपाई को क्यामरा संग दुई चार लाख मान्छे ले आस गरेका छन् म मान्छु। तर हामि लाइ करोडौं उत्पीडित नेपालीले मात्र होइन विश्व कम्युनिस्ट आन्दोलनले आस गरेको छ। हामी माक्सबादी हौ रबि जि हामी लाइ सामान्य नसोच्नुहोस् । हामी विभेदरहित समाजको लागि जस्तो सुकै सङघर्स गर्न तयार छौ।मान्छे मार्ने होइन हामी मान्छे लाई मान्छे भएर बचाँ उन चाहान्छौ।
हामिले चाहेको युद्ध होइन हामिले चाहेको परिवर्तन हो। कुरा यहि हो तपाई ले बुझेर सहयोग गर्नुभए स्वागत छ संगसंगै जाउ बुझेर पनि बुझ पचाएर दिन रात हाम्रा विरुद्ध अफबाहा फैलाए पनि हाम्रो रौं पनि हल्लिने छैन ? हामी बैज्ञानिक समाजबादी ब्यबस्थाको लागि दृढ़ छौ ।


