ट्रम्पले भियतनाममा भने : भारत-पाकिस्तान युद्ध गर्दैनन्, म मिलाउँछु



हाम्रो इकोनोमि

 

भारत र पाकिस्तानबीच युद्धको अवस्था बनिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुख खोलेका छन् ।

भियतनामको हनोईमा अमेरिकी राष्ट्रपतिले भारत र पाकिस्तानबीचको तनावको समाचार आफूले सुनिरहेको बताउँदै यसलाई चाँडै सुल्झाउने बताए ।

ट्रम्पले अमेरिकाको मध्यस्थतामा यी दुई देशबीचको तनाव समाप्त हुने बताए । उनले अहिले पनि यी दुई देशबीच आफूले मध्यस्थता गरिरहेको खुलासा गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘मलाई भारत र पाकिस्तानबीचको तनावको समाचार प्राप्त भइरहेको छ ।

दुवै देशमा पछिल्लो कयौँ समयदेखि तनाव जारी छ। हामी यस विवादलाई सुल्झाउन मध्यस्थता गरिरहेका छौँ ।

तनाव भए पनि मलाई राम्रो समाचार पनि मिलिरहेको छ। हामीलाई आशा छ लामो समयदेखि देखिएको यो तनाव चाँडै समाप्त हुन्छ ।’

गत १४ फेब्रुअरीमा कश्मीरको पुलवामामा भएको आत्मघाती घटनापछि अमेरिकाले निन्दा गरेको थियो ।

त्यसपछि केही दिनअघि भारतले सोमबार मात्रै पाकिस्तानको बालाकोट क्षेत्रमा आफ्ना लडाकु जहाजबाट बम बर्साएको थियो ।

यसबीचमा आफ्नो भूमिमा आक्रमण गर्न आएका भारतका दुई लडाकु जहाजलाई खसालिदिएको दाबी पाकिस्तानले गरेको छ । खसालिएका दुई लडाकुमध्ये एउटाका पाइलटलाई पनि पाकिस्तानी सेनाले नियन्त्रणमा लिइसकेको छ ।

तनाव बढिरहेका बेला बुधवार राति भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोसँग वार्ता गरेका छन् । वार्ताका क्रममा पोम्पिओले पनि यस समस्याको समाधान वार्ताबाटै गरिनुपर्ने बताएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस समय भियतनाममार उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग उनसँग वार्ता गरिरहेका छन् । दुई नेताबीच सिंगापुरपछि यो दोस्रो शिखर वार्ता हो ।

यसबीचमा पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका आफ्ना लडाकु जहाजका पाइलटलाई जेनेभा सन्धि अनुसार रिहा गर्नुपर्ने भन्दै आएको छ । पाकिस्तानको हिरासतमा रहेका भारतीय वायुसेनाका कमाण्डर अभिनन्दनलाई भारतले छाड्न माग गरेको हो । तर यसबारेमा पाकिस्तानले सार्वजनिक धारणा बाहिर ल्याएको छैन ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री मोदी र रवि लामिछानेबीच भेटवार्ता

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र...

कुनै हालतमा अध्यक्ष नछाड्ने ओलीको घोषणा

    एमाले अध्यक्ष केपी ओलीले पार्टी अफ्ठ्यारो अवस्थामा रहेको भन्दै नेतृत्व तत्काल...

प्रधानमन्त्रीले देशद्रोही कुरा गरे, खरानी उठाएर लैजा सरकार : ओली

        एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बालेन शाहले सदनको रोष्ट्रमबाट...

यसरी पार्टी चल्दैन, पुनर्गठन गर्नैपर्छ : विष्णु पौडेल

    नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेकै ढङ्गले पार्टी चल्न नसक्ने निष्कर्ष...