ट्रम्पले भियतनाममा भने : भारत-पाकिस्तान युद्ध गर्दैनन्, म मिलाउँछु



हाम्रो इकोनोमि

 

भारत र पाकिस्तानबीच युद्धको अवस्था बनिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुख खोलेका छन् ।

भियतनामको हनोईमा अमेरिकी राष्ट्रपतिले भारत र पाकिस्तानबीचको तनावको समाचार आफूले सुनिरहेको बताउँदै यसलाई चाँडै सुल्झाउने बताए ।

ट्रम्पले अमेरिकाको मध्यस्थतामा यी दुई देशबीचको तनाव समाप्त हुने बताए । उनले अहिले पनि यी दुई देशबीच आफूले मध्यस्थता गरिरहेको खुलासा गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘मलाई भारत र पाकिस्तानबीचको तनावको समाचार प्राप्त भइरहेको छ ।

दुवै देशमा पछिल्लो कयौँ समयदेखि तनाव जारी छ। हामी यस विवादलाई सुल्झाउन मध्यस्थता गरिरहेका छौँ ।

तनाव भए पनि मलाई राम्रो समाचार पनि मिलिरहेको छ। हामीलाई आशा छ लामो समयदेखि देखिएको यो तनाव चाँडै समाप्त हुन्छ ।’

गत १४ फेब्रुअरीमा कश्मीरको पुलवामामा भएको आत्मघाती घटनापछि अमेरिकाले निन्दा गरेको थियो ।

त्यसपछि केही दिनअघि भारतले सोमबार मात्रै पाकिस्तानको बालाकोट क्षेत्रमा आफ्ना लडाकु जहाजबाट बम बर्साएको थियो ।

यसबीचमा आफ्नो भूमिमा आक्रमण गर्न आएका भारतका दुई लडाकु जहाजलाई खसालिदिएको दाबी पाकिस्तानले गरेको छ । खसालिएका दुई लडाकुमध्ये एउटाका पाइलटलाई पनि पाकिस्तानी सेनाले नियन्त्रणमा लिइसकेको छ ।

तनाव बढिरहेका बेला बुधवार राति भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोसँग वार्ता गरेका छन् । वार्ताका क्रममा पोम्पिओले पनि यस समस्याको समाधान वार्ताबाटै गरिनुपर्ने बताएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस समय भियतनाममार उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग उनसँग वार्ता गरिरहेका छन् । दुई नेताबीच सिंगापुरपछि यो दोस्रो शिखर वार्ता हो ।

यसबीचमा पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका आफ्ना लडाकु जहाजका पाइलटलाई जेनेभा सन्धि अनुसार रिहा गर्नुपर्ने भन्दै आएको छ । पाकिस्तानको हिरासतमा रहेका भारतीय वायुसेनाका कमाण्डर अभिनन्दनलाई भारतले छाड्न माग गरेको हो । तर यसबारेमा पाकिस्तानले सार्वजनिक धारणा बाहिर ल्याएको छैन ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...