यिनै हुन् पाइलट प्रभाकर केसी , जसले लाखौ प्रयास गरे तर नआफु बचे नअरुलाई बचाउननै सके !



हाम्रो इकोनोमि

 

 

हेलिकप्टर क्याप्टेन प्रभाकर केसी को अनेक प्रयासहरु बिफल भएका छन् ।

मौसम को प्रतिकुल असर ले गर्दा ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको छ ।

आज दुर्घटना भएको हेलिकोप्टरको पाइलट प्रभाकर केसी । तस्विर उनकै फेसबुकबाट

ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको हो ।

संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीका अनुसार दुर्घटनामा परेका सबै सातजनाकै निधन भएको हो ।

’घटनास्थलमा सबै सातजनाको शव भेटिएको छ’, उनले भने, ‘दुर्घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ ।

‘क्याप्टेन प्रभाकर केसीले चलाएको एयर डाइनेस्टीको एमआई एयरबस हेलिकप्टर मन्त्री अधिकारीसहित ६ जना यात्रुलाई लिएर तेह्रथुमको चुहानडाँडास्थित निर्माणाधीन एयरपोर्ट अवलोकनपछि ताप्लेजुङतर्फ लागेको थियो ।

हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरला इन्सका अध्यक्ष अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव अर्जुन दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसास शेरचन र अर्का एकजना सवार थिए ।

मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडास्थित विमानस्थल अवलकोन सकेपछि ताप्लेजुङ पुगेका थिए ।

दुर्घटनामा परेको एअर डाइनास्टीको हेलिकोप्टरको सानो भाग बाहेक सम्पूर्ण जलेर नष्ट भएको छ। दुर्घटनामा मृत्यु भएकाहरूको शव पनि आधाआधा जलेको देखेको उद्दारका लागि घटनास्थल गएका सिम्रिक हेलिकोप्टरका पाइलट विवेक खड्काले बताए।

दुर्घटनामा परेको हेलिकोप्टरको सानो भाग बाहेक सबै जलेको देखेको उनले बताए।’धुवाँ देखेँ।

हुभर गरेर हेर्दा सानो भागबाहेक सबै जलेको देखियो’, खड्काले भने, ‘शवहरू पनि आधा आधा जलेको देखिन्थ्यो।’उनका अनुसार पाथिभरामा हावा निकै चर्को थियो भने बादल पनि निकै बाक्लो लागेको थियो।

पाइलट खड्काका अनुसार दुर्घटनास्थल हेर्दा हेलिकोप्टर घुम्नेक्रममा दुर्घटनामा परेको हुन सक्ने बताए।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...