हेलिकप्टर दुर्घटनामा अस्ताएका जमदार घिमिरे, यस्तो छ मन छुने कहानी ?



हाम्रो इकोनोमि

 

कालीदल गणको दरबन्दीबाट पर्यटन मन्त्री रवीन्द्र अधिकारीको सुरक्षाका लागि परिचालित थिए उनी।

जमदार घिमिरे मन्त्री अधिकारीको सुरक्षा कमान्डमा गत भदौ १० गतेदेखि सुरक्षामा खटिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले जानकारी दिए।

रामेछाप स्थायी घर भएका घिमिरे काठमाडौंको कीर्तिपुरमा डेरागरी बस्दै आएका थिए। उनका १० वर्षीय छोरा र श्रीमती छन्।

मन्त्री रवीन्द्र अधिकारीसँगै चर्चित व्यवसायी आङछिरिङ शेर्पा पनि हेलिकप्टरमा थिए। उनी निजी क्षेत्रको हवाई सेवा यति एयरलाइन्सका मालिक हुन्।

मन्त्री अधिकारीको सुरक्षा कमान्ड घिमिरेले नै सम्हाल्दै आएका थिए। प्राय: घिमिरे आफै मन्त्रीको सुरक्षामा खटिन्थे।

जमदार घिमिरे १९ वर्षीयको उमेरमा नै सिपाहीबाट नेपाली सेनामा प्रवेश गरेका थिए। २०५८ जेठ महिनाबाट उनले सैनिक सेवा प्रवेश गरेका थिए।

घिमिरे मेहनती र इमान्दार अफिसर भएको प्रवक्ता ढकाल बताउँछन्

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...