सार्वजनिक यातयातमा विद्यार्थीलाई छुट दिने आन्दोलनको नेतृत्वकर्ता थिए रविन्द्र अधिकारी



हाम्रो इकोनोमि

 

२०५६ सालतिर सार्वजनिक यातायातमा विद्यार्थीलाई सहुलियतको माग गर्दै देशभर आन्दोलन चर्कियो ।

विद्यार्थीलाई सार्वजनिक क्षेत्रमा ५० प्रतिशत छुट हुनुपर्ने माग गर्दै भएको आन्दोलनले गाउँगाउँसम्मका तरंग ल्यायो ।

ठूलो संख्यामा विद्यार्थी समाहित आन्दोलनको मुख्य अगुवा थिए, रविन्द्र अधिकारी ।

आन्दोलनले चर्को रुप लिँदै गएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले विद्यार्थीसँग सहमति गर्‍यो । ५० प्रतिशत होइन, सार्वजनिक क्षेत्रमा विद्यार्थीलाई ३३ प्रतिशत छुट दिने तत्कालीन सरकारले निर्णय गर्‍यो ।

आन्दोलनसँगै रविन्द्र चर्चामा मात्र आएनन्, समग्र विद्यार्थी आन्दोलनको रोलमोडल बने ।

‘विद्यार्थीका निम्ति त्यो आन्दोलन ऐतिहासिक र ठूलो उपलब्धीपूर्ण थियो,’ त्यसबेला नेपाल विद्यार्थी संघको नेता रहेका कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल सम्झन्छन्, ‘विद्यार्थी नेता भनेको रविन्द्र अधिकारीजस्तो हुनुपर्छ भन्ने थियो ।

हामी उहाँलाई विद्यार्थीको रोलमोडल मान्थ्यौं ।’

अहिले सार्वजनिक यातायातमा कार्ड देखाएर छुट पाउँदा रविन्द्रकै अनुहार सम्झन्छन् विद्यार्थी प्रकाश अधिकारी ।

‘क्याम्पस जाँदा-आउँदा कार्ड देखाएर छुट पाउँदा खुसी मिल्छ र अनुहारमा झल्किने त्यो हाँसोमा तपाईं हुनुहुन्छ रविन्द्र दाइ,’ अधिकारी भन्छन्, ‘त्यो आन्दोलन नभएको भए थोरै छुटले पनि विद्यार्थीको जीवनमा कति ठूलो अर्थ राख्छ भन्ने कहिल्यै थाहा पाउने थिएनौं ।’

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...