यसरी निकालियो मन्त्री अधिकारीसहित सात जनाको शव, हेर्नुस् भिडियो



हाम्रो इकोनोमि

 

अत्यन्तै कठिन भौगोगिक अबस्था र खराब मौसमका बाबजुद ताप्लेजुङमा ज्यान गुमाएका मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव सुरक्षाकर्मीले सुकेटार विमानस्थलमा ल्याएका छन् ।

बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका सातैजनाको शव सेनाको हेलिकप्टरबाट सुकेटार विमानस्थल ल्याइएको हो । शवलाई काठमाडौं ल्याउने तयारी भए पनि सुकेटार बिमानस्थल पुरै कुहिरोले ढाकिएका कारण समस्या भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित विमानमा सवार सातजनाको निधन भएको थियो। सातमध्ये चार जनाको शव बुधबार नै सुकेटार विमानस्थल ल्याइएको थियो। नचिनिने अवस्थामा रहेका शव सेनाको हेलिकप्टरबाट सुकेटार विमानस्थल ल्याइएको हो ।

खराब मौसमका कारण अन्य तीनवटा शव सुकेटार विमानस्थलमा ल्याउन सकिएको थिएन। बुधबार रातभर हिमपात परे पनि ताप्लेजुङका डीएपी सञ्जयसिंह थापाको नेतृत्वमा घटनास्थलमा नै प्रहरी बसेको थियो ।

हेर्नुस् भिडियोः

 

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...