अधिकारी पत्नी विद्यालाई नेताहरूको आग्रह, शोकलाई शक्तिमा बदल्दै उम्मेदवारका लागि तयार हुनुहोस्



हाम्रो इकोनोमि

 

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी निधनप्रति नेताहरूले गहिरो दुःख व्यक्त गर्दै धर्मपत्नी विद्या भट्टराई लाई शोकलाई शक्तिमा बदल्न आग्रह गरेका छन्।

बुधबार दिउँसो ताप्लेजुङको तारेभिरमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको दुःखद् निधन भएको थियो।

 

बुधबार बेलुका मन्त्री निवास पुल्चोक पुगेर नेताहरूले स्वर्गीय अधिकारका शोकसन्तप्त परिवारजनमा हार्दिक सम्वेदन व्यक्त गर्दै अधिकारी पत्नी विद्यालाई शोकलाई शक्तिमा बदल्दै उम्मेदवारी दिन आग्रह गरेका हुन्।

प्रधानमन्त्री केपी शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीको शोकसंघर्षको सम्झदै शोकलाई शक्तिमा बदल्न आग्रह गरेका थिए।

उनले शोकलाई शक्तिमा बदलेर रवीन्द्रको निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा उम्मेदवारी दिनसमेत आग्रह गरे।

 

त्यस्तै उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुत्र-शोक सम्झिँदै विद्यालाई समालिन आग्रह गरेक थिए।

प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत मन्त्रिपरिषद्का सदस्यले पनि अधिकारीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका थिए।

 

सरकारले स्वर्गीय मन्त्री अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने तथा बिहीबार राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक बिदा दिने र देशका सबै सरकारी कार्यालय विदेशमा रहेका दूतावास तथा महावाणिज्य दूतावासमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

 

त्यस्तै, सरकारले हेलिकोप्टर दुर्घटनाका सम्बन्धमा जाँचबुझ गर्न चार सदस्यीय छानबिन समिति गठन गरेको छ।

छानबिन समिति पूर्वसचिव यज्ञप्रसाद गौतम नेपाल सेनाका सहायकरथि दीपक वास्तोला अवकाशप्राप्त क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रायका सहसचिव बुद्धसागर लामिछाने रहेका छन्।

 

काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा बुधबार दिउँसो ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो।

 

दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण (क्यान)का नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ, मन्त्रीका अंगरक्षक अर्जुन घिमिरे, क्यानका ध्रुब भोचिभैया र हेलिकप्टर चालक क्याप्टेन प्रभाकर केसीको निधन भएको हो।

 

मृतक सबैको शव अहिले काठमाडौं ल्याउने तयारी भइरहेको छ। दुर्घटनास्थलबाट सुकेटार विमानस्थलमा पुर्‍याइएका शव हेलिकोप्टरबाट काठमाडौं ल्याउन लागिएको हो।

शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिने पर्यटन मन्त्रालयका सूचना अधिकारी सुरेश आचार्यले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...