यस्तो थियो मन्त्री रबीन्द्र अधिकारीको अन्तिम सम्बोधन (भिडियोसहित)



हाम्रो इकोनोमि

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलीकप्टर दुर्घटनामा निधन भएको छ । तेह्रथुमको आठराई चुहानडाँडामा रहेको थुम्की डाँडामा एयरपोर्ट निर्माणका लागि स्थलगत निरीक्षण, सम्भाव्यता अध्ययन र स्थानीय सँगको छलफलका लागि मन्त्री अधिकारी पुगेका थिए । उनी चुहानडाँडामा बुधबार बिहान ९:५३ मा पुगेका थिए ।

 

चुहानडाँडामा स्थानीयले मन्त्री अधिकारीलाई न्यानो  स्वागत गरेका थिए । हँसिलो मुहारमा पहिलोपटक चुहानडाँडामा मन्त्री आउँदा आठराई बासिको २०३२ सालदेखिको सपना पुराहुने आसा लिएका थिए । कार्यक्रमको स्टेजमा प्रवेश गर्दै मन्त्री अधिकारीले मौसम अनुकुल नभएकाले कार्यक्रम छिटो गर्ने आयोजकलाई निर्देशन दिएका थिए ।

 

मन्त्री अधिकारीले १०:३७ बजेदेखि करिब साढे १० मिनेट सम्बोधन गरेका थिए । सम्बोधनमा मन्त्रीले चुहानडाँडामा एयरपोर्टको सन्दर्भ चलाउन होइन, एयरपोर्ट बनाउन आएको बताउँदै अबको ३ वर्ष भित्रमा एयरपोर्ट बन्ने प्रतिबद्धता व्यक्त गरेका थिए । हातमा एयरपोर्टको इस्टमेट र नक्सा देखाउदै मन्त्रीले ८७ करोड लागतमा एयरपोर्ट बन्ने उल्लेख गरेका थिए ।

 

चुहानडाँडाको कार्यक्रम बाट करिव १२:१५ मा फर्किएका अधिकारीको टाेली  आठराई ईवा स्थित प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म घर हेर्दै काठमाडौ फर्कने कार्यक्रम रहेको थियो ।  तर, उनीहरु ताप्लेजुङ पुगेर पाथीभरा मन्दिरकाे दर्शन गरेर फर्किएलगत्त्तै हेलीकप्टर दुर्घटनामा परि निधन भयो । मन्त्री अधिकारीले चुहानडाँडा गरेको सम्बाेधन नै अन्तिम बन्न पुग्यो ।

 

हेर्नुहोस् मन्त्री रबीन्द्र अधिकारीको अन्तिम सम्बाेधन :

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...