‘शव संकलन गर्न आएको हेलिकप्टर ‘ल्याण्ड’ हुन सकेन, आकाशमै फन्को मारेर गयो…’



हाम्रो इकोनोमि

 

हेलिकप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । शव संकलन गरेर काठमाडौं ल्याउन दुर्घटनास्थलतर्फ गएका हेलिकप्टर ल्याण्ड हुन नसकेको प्रत्यक्षदर्शी जगत कार्कीले बताएका छन् ।

 

त्यक्षदर्शी कार्कीका अनुसार हेलिकप्टर जमिनमा ल्याण्ड गर्न नसकेर आकाशमै फन्को मारिरहेको छ । दुर्घटनास्थलमा लागेको बाक्लो कुहिरो अझैसम्म पनि नहटेको कार्कीले बताए ।

 

‘एउटा हेलिकप्टर आएर ल्याण्ड गर्न खोजेको थियो । बाक्लो कुहिरोका कारण ल्याण्ड गर्ने सकेन, त्यसपछि आकाशबाटै फन्को मारेर गयो,’ प्रत्यक्ष्यदर्शी कार्कीले लोकान्तरसँग भने । हेलिकप्टरमार्फत् मृतकका शव काठमाडौं ल्याउने तयारी भएता पनि हेलिकप्टर बस्न नसक्दा दुर्घटनास्थलमा शव यत्तिकै रहेका छन् ।

 

शव काठमाडौं ल्याउनका लागि डाइनेष्टी एयर र सिम्रिक एयरको हेलिकप्टर सुकेटार विमानस्थलमा १५:५५ बजे ल्याण्ड भएको र नेपाली सेनाको थप २ वटा हेलिकप्टर दुर्घटनास्थलतर्फ उडेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...