यही कार्यक्रमलाई सम्बोधन गरेर हेलिकप्टर चढेका अधिकारी काठमाडौं फर्किएनन्, के भनेका थिए अन्तिममा ?



हाम्रो इकोनोमि

 

फोटोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी बोलिरहेका छन्।  तेह्रथुमको आठराइ चुहानडाँडास्थित थुम्की डाँडामा बन्न लागेको विमानस्थलको अवलोकनका लागि त्यहाँ पुगेका अधिकारीले कार्यक्रमलाई सम्बोधन त गरे नै निकै उत्साहका साथ स्थानीयवासीहरूसँग पनि सम्वाद गरे।

 

करिब १० बजेतिर कार्यक्रम स्थलमा पुगेका उनले १२/१४ मिनेटजति कार्यक्रमलाई सम्बोधन गरे। खाना त्यहीँ खाए र पाथिभरा मन्दिर दर्शनका लागि उडे।

 

मन्दिर दर्शनबाट फर्किने क्रममा उनी चढको हेलिकप्टर दुर्घटनामा पर्‍यो। जबकी उनले थुम्की डाँडामा बन्न लागेको विमानस्थलबारे बोलेका खबर सम्वाददाता भर्खर लेख्दै थिए वा लेख्ने तयारीमा थिए। तर त्यो खबर समाचार कक्षमा आइनपुग्दै अर्को ठूलो समाचारले चैनहराम गर्‍यो- पर्यटनमन्त्री चढेको हेलिकप्टर दुर्घटना। अलिबेरमा पुष्टि भयो- अधिकारीसहित सातको मृत्यु।

 

के भनेका थिए अधिकारीले अन्तिम कार्यक्रममा ?

राष्ट्रिय राजनीतिबारे कम बोलेका उनले विमानस्थलको निर्माण र सञ्चालनमा आफू सम्वेदनशील रहेको बताएको कार्यक्रममै रहेका आठराइ चुहानडाँडा गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले बताए।

 

‘देशैभर बन्द रहेका एअरपोर्ट सञ्चालन भइरहेका छन्। अन्तर्राष्ट्रिय विमानस्थल पनि बनाउँदै छौँ’, उनले भने, ‘यहाँ पनि एअरपोर्ट बनाउने हो, म त्यसैका लागि यहाँ आएको छु।’ राष्ट्रिय राजनीतिबारे उनले खासै बोलेनन्। सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप सही नभएको उनले बताएका थिए।

उनले वातावरणीय प्रभाव मूल्यांकन, जग्गा अधिग्रहण र टेन्डर गरी विमानस्थल बनाउन ३ वर्षको समय लाग्ने अधिकारीले कार्यक्रममा बताएका थिए। कार्यक्रम सकेर खाना खाइसकेपछि उनी ताप्लेजुङको पाथिभरा मन्दिर दर्शनका लागि उडेका थिए।

 

पाथीभराबाट उडेको एक मिनेटमै हेलिकोप्टर दुर्घटना

 

नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटनन्मत्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर उडेको एक मिनेटमै दुर्घटनामा परेको बताएको छ ।त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनपछि उडेको एक मिनेटमै दुर्घटनामा परेको भिडियो ट्र्याक रेकर्डबाट देखिएको जानकारी दिए ।

 

भारी हिमपातका कारण हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान छ,’ उनले भने । पौने १ बजे हेलिकोप्टर पाइलटले एयर ट्राफिक कन्ट्रोलरसँगको सम्पर्कमा उड्न सक्ने अवस्था नरहेको जानकारी गराएका थिए । तर लगत्तै हेलिकोप्टर उडेकाले हिमपातका कारण दुर्घटना भएको हुन सक्ने तिवारीले बताए ।

हेलिकोप्टर ११:४५ मा पाथीभरा पुगेको थियो । हेलिकोप्टरमा सवार सातै जनाको मृत भेटिएको र शव संकलनको काम सकिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...