अकालमै भगवानका प्यारा भएका रबीन्द्र अधिकारीको विगत फर्केर हेर्दा…



हाम्रो इकोनोमि

 

बुधबार राष्ट्रले एक आशा लाग्दा युवा नेता एवं मन्त्रीलाई गुमाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रबीन्द्र अधिकारी बुधबारबाट भगवानका प्यारा भए ।

 

छोटो समयमै राजनीतिको उच्च तहमा पुग्न सफल अधिकारी जनतमाझ निकै लोकप्रिय थिए । कास्कीमा उनले कहिल्यै संसदीय निर्वाचन हार्न परेन ।

कास्कीबाट तीन पटक लगातार सांसद जितेका प्रखर वक्ता, विकासप्रेमी र बौद्धिक छवि बनाएका अधिकारी अघिल्लो वर्ष पहिलोपटक मन्त्री भएका थिए । अधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्ष चैत २ गते मन्त्री नियुक्त गरेका थिए ।

 

२०६४ र ०७० को संविधानसभा निर्वाचनमा कास्की क्षेत्र–३ विजयी अधिकारी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कास्की क्षेत्र–२ बाट विजयी भएका थिए । लेखा समितिदेखि विकास समिति सभापतिसम्म आइपुग्दा उनले चर्चा कमाएका थिए । विकास समिति सभापति हुँदा उनले गरेको काम सम्झिने धेरै छन् ।

 

सार्वजनिक यातायातमा विद्यार्थीलाई ३३ प्रतिशत सहुलियत दिलाउन पहल गरेर धेरैको नजरमा परेका थिए । गायक प्रवीण गुरुङ हत्याकाण्डमा तत्कालीन शाहज्यादा पारसको उपाधि खोस्ने आन्दोलनले अधिकारीले ख्याति कमाएका थिए । त्यो आन्दोलनको नेतृत्व अधिकारीले नै गरेका थिए ।

अधिकारी पृथ्वीनारायण क्याम्पसदेखि त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति हुने बेलामै धेरैका नजरमा आशालाग्दा नेताका रुपमा थिए ।

 

अधिकारीले मन्त्रीको जिम्मेवारी सम्हालेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यापक सुधार गरेका थिए । उनले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले तीव्रता पाएको थियो । विमानस्थल आउँदाे कार्तिकभित्र  सञ्चालनमा ल्याउने गरि काम चलिरहेको छ ।

मन्त्री अधिकारीले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने गरि पूर्वाधार निर्माण लगायतका कामहरु पनि अघि बढाएका थिए ।

 

२०२६ साल बैशाख २२ गते कास्की जिल्लाको भरतपोखरीमा जन्मिएका अधिकारी अखिलबाट राजनीतिमा आएका हुन् । उनका बुवा ईन्द्रप्रसाद र आमा लक्ष्मी अधिकारी पोखराको मालेपाटनमा बस्दै आएका छन् । अधिकारी भने श्रीमती र छोरासहित काठमाडौँ बस्दै आएका थिए ।

 

अधिकारीका १० र १८ वर्षका (विराज र विराट) दुई छोरा छन् । उनले तत्कालीन अखिलकै नेतृ विद्या भट्टराईसँग विहे गरेका थिए । पत्नी भट्टराई त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पसमा अध्यापन गर्छिन् ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...