उद्दारमा गएका पाइलट भन्छन्- टुक्राटुक्रा भएर जलेको देखेँ



हाम्रो इकोनोमि

 

दुर्घटनामा परेको एअर डाइनास्टीको हेलिकोप्टरको सानो भाग बाहेक सम्पूर्ण जलेर नष्ट भएको छ। दुर्घटनामा मृत्यु भएकाहरूको शव पनि आधाआधा जलेको देखेको उद्दारका लागि घटनास्थल गएका सिम्रिक हेलिकोप्टरका पाइलट विवेक खड्काले बताए।

दुर्घटनामा परेको हेलिकोप्टरको सानो भाग बाहेक सबै जलेको देखेको उनले बताए।

‘धुवाँ देखेँ। हुभर गरेर हेर्दा सानो भागबाहेक सबै जलेको देखियो’, खड्काले भने, ‘शवहरू पनि आधा आधा जलेको देखिन्थ्यो।’

उनका अनुसार पाथिभरामा हावा निकै चर्को थियो भने बादल पनि निकै बाक्लो लागेको थियो।

पाइलट खड्काका अनुसार दुर्घटनास्थल हेर्दा हेलिकोप्टर घुम्नेक्रममा दुर्घटनामा परेको हुन सक्ने बताए।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...