विप्लवका कार्यकर्ता एलएमजी र एम-१६ सहित पक्राउ



 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एकजना कार्यकता दुई थान अत्याधुनिक हतियारसहित पक्राउ परेका छन् । प्रहरीले धरानको पानमारा सडकखण्डमा मोटरसाइकलबाट मोरङतर्फ जाँदै गरेका विप्लवका कार्यकर्ता मोरङको बेलबारी नगरपालिका-१० का देवकुमार लिम्बू ‘सन्दीप’ लाई लङ मेसिन गन र एम–१६ सहित पक्राउ गरेको हो ।

 

पानमारास्थित सडकमा नियमित चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले मोटरसाइकलबाट मोरङतर्फ जाँदै गरेका दुईजनामाथि चेकजाँच गर्ने क्रममा उक्त हतियार बरामद गरेका हुन् । प्रहरीले हतियार बरामद गरेपछि विप्लवकका एकजना कार्यकर्ता भने भाग्न सफल भएका छन् ।

 

पक्राउ परेका लिम्बू विप्लवको पूर्वी ब्यूरो सदस्य रहेको खुलेको छ। लिम्बुलाई अहिले पानीबारी प्रहरी चौकीमा राखेर अुनसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार बराम भएका दुवै हतियार माओवादीले द्वन्द्वकालमा नेपाली सेनाबाट लुटेको अनुमान गरिएको छ । आफुले प्रयोग गर्दै आएको हतियार विप्लवका कार्यकर्ताबाट बरामद भएपछि नेपाली सेनाको टोली पनि त्यहाँ पुगेको छ ।

 

यी दुवै हतियार नेपाली सेनाले प्रयोग गर्दै आइरहेको छ । एलएमजी सशस्त्र प्रहरीसँग केही थान भए पनि एम-१६ भने नेपाली सेनासँग मात्रै रहेको छ । अमेरिकामा निर्मित एम-१६ राइफल नेपाली सेनाले माओवादीसँग युद्धकै क्रममा खरिद गरेको थियो ।

 

विप्लवका कार्यकर्ता अत्याधुनिक हतियारसहित पक्राउ गरेपछि अहिले एक नम्बर प्रदेशका प्रहरी प्रमुख डीआईजी केदार रिजाल, स‌ंघीय प्रहरी कार्यालय धरानका प्रमुख एसएसपी शरद खत्री, सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारी पनि पानबारी पुगिसकेका छन् ।

 

एनसेल गेटमा बमकाण्डका योजनाकार र विप्लवबीच ‘विशेष सम्बन्ध’ ! दोहोरी साँझदेखि अंगरक्षकसम्म

 

ललितपुरको नख्खुमा रहेको एनसेल कार्यालयलाई लक्षित गरी बम विस्फोट गराएको आरोपमा नेत्रविक्रम चन्दकै पूर्वअंगरक्षक पक्राउ परेका छन् । उनी विप्लव नेतृत्वको नेकपाका नेता समेत हुन् ।

विशेष ब्यूरो र महानगरीय अपराध महाशाखालको टोलीले कंलकीबाट सूर्य भुजेललाई मंगलबार बेलुका पक्राउ गरेको हो ।प्रहरीका अनुसार भुजेल नै नख्खु बमकाण्डका मुख्य योजनाकार हुन् । बम विस्फोटमा भुजेलले फिल्ड कमाण्डर भएर काम गरेको अनुसन्धानबाट खुलेको छ । विस्फोटको समयमा भुजेल सोही क्षेत्रमा देखिएका थिए ।उनलाई सीसीटीभी क्यामेराले कैद गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

भुजेल मुख्य कमाण्डर भएर गराइएको विस्फोटमा अन्य संलग्नहरुको पनि खोजी कार्य जारी रहेको महानगरीय अपराध महाशाखाका एक अधिकारीले बताए । शुक्रबार साँझ बम विस्फोट हुँदा सिंहबहादुर गुरुङ्गको मृत्यु भएको थियो  भने विस्फोटमा प्रतिक्षा खड्का र उरुषा मानन्धर घाइते भएका छन् ।

प्रहरीले पक्राउ गरेका भुजेल २०६० सालबाट माओवादीमा आबद्ध भएका थिए । नुवाकोट स्थानीय ठेगाना भएका भुजेल तत्कालीन समयदेखि नै विप्लवसँग नजिक भएका थिए । त्यसपछि उनी नुवाकोटको तत्कालीन माओेवादीको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को अध्यक्ष समेत भए ।

प्रचण्डसँगको टकराव बढ्दै गएपछि मोहन वैद्य, विप्लव, रामबहादुर थापा लगायतले प्रचण्ड नेतृत्वको पार्टी परित्याग गर्दै नयाँ पार्टी बनाएका थिए । पछि वैद्य नेतृत्वमा रहेको पार्टी फुटाउँदै विप्लवले नयाँ पार्टी बनाएका थिए । २०६६ देखि नै काठमाडौंको ठमेलमा पोखरा दोहरी साँझ सञ्चालन गरेका भुजेल विप्लवले नयाँ पार्टी गठन गरेपछि उनकै सहयोगी भएर काम गरेका थिए ।

केही समय ‘अंगरक्षक’ भएपछि उनलाई विप्लवकै विशेष योजनामा उपत्यकामा खटाइएको थियो । उनले प्रहरीसँगको बयानमा आफू हाल विप्लवकै विशेष फोर्सको नेता भएको र पार्टीको केन्द्रीय नीतिअनुसार नै विस्फोट गराएको बताएका छन् ।

भुजेल पछिल्लो समय ठेक्कापट्टामा पनि संलग्न रहँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । विश्वासपात्र भएकै कारण भुजेल विप्लवकै विशेष व्यक्तिका रुपमा काठमाडौंमा कार्यरत थिए ।

एक प्रहरी अधिकारीले भने,‘‘भुजेल र विप्लवको भित्रि गोप्य सम्बन्ध देखिएको छ । उनले उपत्यकाका विभिन्न व्यापारीबाट चन्दा उठाउने र विप्लवसम्म पु¥याउने गरेको पाइयो ।’’

प्रतिक्रिया दिनुहोस
जनताको रोजाईको पार्टी एमाले : शंकर पोखरेल

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी

गौशालामा काठमाडौं महानगरको डोजर

    काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचना भत्काएको छ ।आज डोजरसहित पुगेको

बयान सकेर रविलाई पोखरा फर्काइयो

    रुपन्देहीमा ३ दिनको बयान सकेर रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई

हेटौँडा-१२ मा चुनावी सरगर्मी बढ्दो, एमालेको पल्लाभारी

    प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही