भारत–पाकिस्तानबीचको तनावले नेपालको उडान प्रभावित, कुन कुन एयरलाइन्स रोकिए



 

भारत र पाकिस्तानबीच बढ्दो तनावले काठमाडौंमा त्रिभुवन विमास्थलबाट हुने उडान प्रभावित भएको छ । पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लगाएपछि नेपालबाट भारत हुँदै पाकिस्तानको रुट प्रयोग गर्नुपर्ने विमानको उडान प्रभावित भएको हो ।

 

पाकिस्तानले भारतबाट प्रवेश गरेर आफ्नो रुट प्रयोग गर्न अनुमति नदिएपछि हाल नेपालबाट उड्नुपर्ने टर्किस एयरलाइन्स विमानस्थलमै रोकिएको छ । यस्तै कतार एयरलाइन्सको उडान पनि प्रभावित हुने अवस्था आएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।

 

टर्किस एयरलाइन्सलाई अब विकेड रुटबाट पठाउन लागिएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले बताए । उनले विमानस्थलहरुमा कुनै पनि समस्या नरहेको बताउँदै पाकिस्ताले आफ्नो रुट प्रयोग गर्न रोकेकाले वैकल्पिक रुट प्रयोग गरेर टर्किस एयरलाई उडाउन लागिएको जानकारी दिए । ‘यात्रुको आवमागमनका कमी आएको छैन । अरु खालका कुनै प्रभाव विमानस्थलमा देखिएको छैन,’ क्षेत्रीले भने ।

 

यसैबीच भारत पाकिस्तान तनावका कारण भारतका पाँचवटा एयरपोर्टमा सर्वसाधारणको उडान प्रभावित भएको छ । भारतको श्रीनगर, जम्मु, लेह, अमृतसर र चण्डीगढ एयरपोर्टको उडान प्रभावित भएको हो ।

 

भारतलेपनि पाकिस्तानी लडाकु विमान खसाल्यो

 

बुधबार बिहान भारतीय सीमाक्षेत्र उल्लंघन गरेको पाकिस्तानी लडाकु विमान भारतले खसालेको दाबी गरेको छ ।

भारतीय वायुसेनाले एफ–१६ लाई खसोलेको भारतीय मिडियाले दाबी गरिरहेका छन् । ताजा स्थितीपछि काश्मिरको पूरा एयर फिल्ड सील गरिएको छ ।

भारत घुस्यो पाकिस्तानी २ लडाकू विमान

भारत–पाकिस्तान तनाब बढीरहेकै बेला पाकिस्तानी लडाकू विमान भारत छिरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी २ लडाकु सेनाको विमान भारत छिरेको हो ।

 

सीमा क्षेत्र पार गरेर पाकिस्तानी लडाकु विमान भारत छिरेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । यस्तै भारतको जम्मु श्रीनगर र पठानकोटको विमानस्थलका सम्पूर्ण उडान रद्द गरिएको समाचारमा उल्लेख छ । जम्मु कश्रिमरको साथमा पञ्जाबको विमानस्थलका उडानहरु पनि रद्द गरिएको छ ।

 

पाकिस्तानी जेट फाइटर विमान लाइन अफ कन्ट्रोल (एलओसी) पार गरेर भारत छिरेर फर्किएको छ । यसअघि मंगलबार बिहान भारती वायुसेनाको विमान पनि एलओसी पार गरेर पाकिस्तान छिरेको थियो

 

पाकिस्तानले खसाल्यो दुई भारतीय लडाकू विमान, एक भारतीय विमानचालक पक्राउ गरेको दाबी

 

पाकिस्तान सेनाले दुईवटा भारतीय लडाकू विमान खसालिएको र एक भारतीय विमानचालक पक्राउ गरिएको दाबी गरेको छ । इन्टर सर्भिसेस पब्लिक रिलेसन्सका निर्देशक जनरल असिफ गफूरले यस कारवाहीको पुष्टि गरे ।

 

‘पाकिस्तानी वायुसेनाले पाकिस्तानी एयरस्पेसभित्र दुईवटा भारतीय विमान खसाएको छ । एक विमान जम्मु कश्मीरमा खसेको र अर्को भारत अधीनस्थ कश्मीरमा खसालिएको हो । एक भारतीय पाइलटलाई जमीनमा रहेका हाम्रा सैनिकले पक्राउ गरेका छन्,’ उनले ट्वीट गर्दै भने ।

पाकिस्तानी वायुसेनाले बुधवार पाकिस्तानी एयरस्पेसबाट नियन्त्रण रेखापारि आक्रमण गरी भारतले मंगलवार गरेको नियन्त्रण रेखा उल्लंघनको जवाफ फर्काएको बताएको छ ।

 

‘यो कारवाहीको एकमात्र उद्देश्य आत्मरक्षामा हाम्रो अधिकार, इच्छा र सामर्थ्य देखाउनु थियो । हामीहरू युद्ध चर्काउन चाहँदैनौं तर त्यसका लागि बाध्य बनाइएमा पूर्ण तयारीका साथ बसेका छौं,’ पाकिस्तानको परराष्ट्र मन्त्रालयले जनायो ।

 

डन डट्कमबाट

 

पाकिस्तानमा जलाइयो भारतको झण्डा, उच्च सैनिक मञ्चको बैठक बस्दै, भारतमा आक्रमण गर्ने तयारी

 

पाकिस्तानमा उच्च सैनिक मञ्चको बैठक बसेको छ । भारतमा आक्रमण गर्ने तयारी भएको बुझिएको छ । भारतले नियन्त्रण रेखा पार गरेर पाकिस्तानको भूमिमा आक्रमण गरेपछि आक्रोशित पाकिस्तानी जनताले भारतको झण्डा जलाएका छन् । भारतले बालाकोट क्षेत्रमा आक्रमण गरेपछि दुई देशबीच तनावको स्थिति सिर्जना भएको छ । भारत र पाकिस्तानका नेताहरु तथा सेना प्रमुखहरुको तीखा प्रतिक्रियाहरु आइरहेका छन् । साथै बिभिन्न रणनीतिक बैठक र प्रेस बि्रफिङको क्रम पनि जारी छ ।

 

नियन्त्रण रेखा पार गरेर आक्रमण गरेको आरोप दुवै देशले एकअर्कालाई लगाइरहेका छन् । भारतले आफ्ना लडाकु विमानले पाकिस्तानको भूमिमा प्रवेश गरेर आतंकवादी संगठन जैश ए मोहम्मदको मुख्यालय ध्वस्त पारेको र केही कमाण्डरहरु पनि मारिएको दाबी गरेको छ ।

 

तर, पाकिस्तानले भने यसलाई मनगढन्ते भन्दै कुनै भौतिक र मानवीय क्षति नभएको बताएको छ । बरु पाकिस्तानको सेनाले भारतले आक्रमण गरेको भनिएको स्थानको फोटो सार्वजनिक गरेका छन् जसमा जंगल क्षेत्र जस्तो देखिने ठाउँमा केही सल्लाका रुखहरु ढलेको देखिन्छ ।

 

पाकिस्तानी सेनाको भनाइअनुसार भारतीय वायु सेनाका विमान पाकिस्तानको भूमिमा प्रवेश गरेका थिए र पाकिस्तानी सेनाले लखेट्दा हडबडाएर केही बम खसेका थिए । भारतीय मिडियाहरुले भने पाकिस्तानमाथि भारतले धावा बोलेको र पाकिस्तान डराएको भन्ने ढंगले सनसनी समाचारहरु दिइरहेका छन् ।

भारतले आक्रमण गरेको खबरलगत्तै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सुरक्षा परिषदको बैठक बोलाएका छन् । बैठकपछि पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले भारतले पाकिस्तानको सम्प्रभुताको उल्लंघन गरेको प्रतिक्रिया दिएका छन् । पाकिस्तानले भनेको छ- भारतको तर्फबाट भएको यो अनावश्यक आक्रमणको जवाफ पाकिस्तानले सही समय र सही स्थानमा दिनेछ ।

 

अब के होला भन्ने चासो बढिरहेको बेला पाकिस्तानले नेशनल कमान्ड अथ्योरिटी (एनसीए)को बैठक बोलाएको छ । निकै महत्वपूर्ण भनिएको यो बैठकले ठूलै निर्णय लिने अनुमान गरिए पनि निर्णय यही नै आउँछ भन्ने ठोकुवा भने कसैले गर्न सकेका छैनन् ।

 

एनसीए के हो ?

एनसीए पाकिस्तानको उच्च सैनिक मञ्च हो जहाँ देशको सुरक्षा नीतिसँग जोडिएका ठूला निर्णयहरु हुन्छन् । पाकिस्तानको परमाणु हतियारको सन्चालनको निर्णय पनि एनसीएले नै लिन्छ ।

 

रणनीतिक रुपमा महत्वपूर्ण परमाणु र मिसाइल सम्बन्धी सबै नीतिगत मुद्दाहरुमा निर्णय लिने उच्चतम प्राधिकरण हो एनसीए । साथै यसले परमाणु र मिसाइल कार्यक्रमको रेखदेख पनि गर्दछ ।

 

युद्ध र तनावको स्थितिमा एनसीएले सेनाको तैनाथीको निर्णय पनि लिन्छ । यसमार्फत नीति निर्माण, सैन्य अभ्यास, सेनाको तैनाथी, अनुसन्धान र विकास तथा पाकिस्तानको परमाणु हतियारको सञ्चालन र नियन्त्रण सम्बन्धी निर्णय पनि हुन्छ ।

 

यसमा राजनीतिक र सैन्य दुवै नेतृत्व सदस्य रहन्छन् । प्रधानमन्त्री यसको कार्यकारी प्रमुख हुन्छन् । रक्षा मन्त्री, विदेशमन्त्री, स्थल, वायु र नौ सेनाका अध्यक्ष यसमा सदस्य रहन्छन् ।

 

बीबीसीका सम्वाददाता शुमायला जाफरीका अनुसार बुधबार संसदको संयुक्त बैठक बोलाइएको छ । साथै नेशनल कमान्ड अथ्योरिटी (एनसीए)को बैठक पनि बोलाइएको छ । एनसीएको बैठकले भारतीय आक्रमणको कसरी जवाफ दिने भनेर पाकिस्तानले आगामी रणनीति बनाउने छ ।

 

भारतीय लडाकु विमान काश्मिरमा पाकिस्तानले खसाल्यो, विमान पूर्णरुपमा ध्व्स्त

 

भारतीय लडाकु विमान काश्मिरमा पाकिस्तानले खसालेको छ । तर भारतले भने लडाकु विमान काश्मिरमा दुर्घटना भएको जनाएको छ । भारतीय वायुसेनाको एउटा लडाकु बिमान मिग २१ काश्मिरमा दुर्घटना भएको छ । काश्मिरको कलान गाउँमा विमान खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

 

दुर्घटनामा बिमानका पाइलटको मृत्यु भएको छ । अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको छ । मिग २१ ले श्रीनगर बिमानस्थलबाट उडान भरेको थियो । उडान लगत्तै ठूलो आवाजसहित बिमान पड्कियो र खेतमा खस्यो । दुर्घटनाग्रस्त विमान पूर्णरुपमा ध्व्स्त भएको छ । अहिले श्रीनगर बिमानस्थलबाट उडान र अवतरण बन्द गरिएको छ ।

भारतीय वायू सेनाको एक लडाकु बिमानले पाकिस्तानी क्षेत्रमा पसेर बम विष्फोट गराएको भोलिपल्ट यो घटना भएको हो । पछिल्ला २० दिनमा भारतमा ५ वटा बिमान दुर्घटना भएका छन् ।

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्