बैठक बहिस्कार गरेर कांग्रेसका नेताहरू भोज खान हिँडे



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेर वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका ठूला नेताहरू विवाह भोज खान तराई झरेका छन् ।

ललितपुरको सानेपामा मांगलबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले पेलेर जान खोजेको भन्दै पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहले बैठक बहिस्कार गरेका थिए ।

 

अनुशासन समिति बनाउने विषयमा पौडेल र सिटौला समूहले बखेडा झिकेका थिए । पौडेल र सिटौलाले पाँच सदस्यीय अनुशासन समितिमा दुई वटा सदस्य पाएका छन् । देउवाले संयोजकसहित दुई सदस्य आफैले राखेका छन् ।

 

पौडेल र सिटौला समूहले अनुशासन समितिले जे निर्णय गरे पनि सर्वसम्मत गर्नुपर्ने उट्पट्याङ अडान राखेपछि बैठक नै बस्न नसकेको हो ।पौडेल र सिटौला समूहका कारण मंगलबारको बैठक बस्न सकेन । केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

 

बैठकमा सहभागी नभएका वरिष्ठ नेता पौडेल, माहामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य डा.शेखर कोइराला, केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाकी मुख्य सचेतक सरिता प्रसाइँ रौतहट विवाह भोज खान आएका हुन् ।

 

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री तथा रौतहट क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सांसद मोहम्मद अफताब आलमका छोराको विवाह भोज खान आएको स्रोतले जनाएको छ ।

 

बाराको सिमरा एयरपोर्टमा कांग्रेसका नेताहरू अपरान्ह पुगेका थिए । उनीहरूलाई नेपाली कांग्रेस रौतहटका प्रतिनिधि सभाका सांसद देवीप्रसाद तिमिल्सिनासहितका नेताहरूले स्वागत गरेका थिए ।

 

कांग्रेस सांसद आलमका छोराको विवाह भोज फागुन १५ गते बुधबार रहेको छ । कांग्रेसका नेताहरू विवाह भोज खाएर मात्रै काठमाडौं फर्कनेछन् ।

 

राप्रपाले आजदेखि मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा शुरु गर्दै

 

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले आजदेखि मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा शुरु गर्दैछ । अध्यक्ष थापाले ताप्लेजुङबाट अभियानको सुरुवात गर्ने कार्यक्रम छ । थापाले आफ्नो पार्टीले गर्ने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सरकार वा कुनै दलविरुद्ध नभएको बताएका छन् ।

 

‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’को उद्घाटन गर्न ताप्लेजुङ जाने क्रममा झापाको चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिन्दू राष्ट्रको पुनः स्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिनु यात्राको उद्देश्य रहेको बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्रमा उठाएका मागहरू सम्बोधन गर्नुपर्नेमा जोड दिए । पहिलो चरणको अभियान ताप्लेजुङबाट सुरु भई सुर्खेत, कैलाली, कञ्चनपुर हुँदै काठमाडौँमा समापन हुने पार्टीले जनाएको छ । यात्राका क्रममा २५० भन्दा बढी सभा सम्मेलन गरिने महामन्त्री राजेन्द्र लिङ्देनले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...