पाकिस्तानले खसाल्यो दुई भारतीय लडाकू विमान, एक भारतीय विमानचालक पक्राउ गरेको दाबी



हाम्रो इकोनोमि

 

पाकिस्तान सेनाले दुईवटा भारतीय लडाकू विमान खसालिएको र एक भारतीय विमानचालक पक्राउ गरिएको दाबी गरेको छ । इन्टर सर्भिसेस पब्लिक रिलेसन्सका निर्देशक जनरल असिफ गफूरले यस कारवाहीको पुष्टि गरे ।

 

‘पाकिस्तानी वायुसेनाले पाकिस्तानी एयरस्पेसभित्र दुईवटा भारतीय विमान खसाएको छ । एक विमान जम्मु कश्मीरमा खसेको र अर्को भारत अधीनस्थ कश्मीरमा खसालिएको हो । एक भारतीय पाइलटलाई जमीनमा रहेका हाम्रा सैनिकले पक्राउ गरेका छन्,’ उनले ट्वीट गर्दै भने ।

पाकिस्तानी वायुसेनाले बुधवार पाकिस्तानी एयरस्पेसबाट नियन्त्रण रेखापारि आक्रमण गरी भारतले मंगलवार गरेको नियन्त्रण रेखा उल्लंघनको जवाफ फर्काएको बताएको छ ।

 

‘यो कारवाहीको एकमात्र उद्देश्य आत्मरक्षामा हाम्रो अधिकार, इच्छा र सामर्थ्य देखाउनु थियो । हामीहरू युद्ध चर्काउन चाहँदैनौं तर त्यसका लागि बाध्य बनाइएमा पूर्ण तयारीका साथ बसेका छौं,’ पाकिस्तानको परराष्ट्र मन्त्रालयले जनायो ।

डन डट्कमबाट

 

पाकिस्तानमा जलाइयो भारतको झण्डा, उच्च सैनिक मञ्चको बैठक बस्दै, भारतमा आक्रमण गर्ने तयारी

 

पाकिस्तानमा उच्च सैनिक मञ्चको बैठक बसेको छ । भारतमा आक्रमण गर्ने तयारी भएको बुझिएको छ । भारतले नियन्त्रण रेखा पार गरेर पाकिस्तानको भूमिमा आक्रमण गरेपछि आक्रोशित पाकिस्तानी जनताले भारतको झण्डा जलाएका छन् । भारतले बालाकोट क्षेत्रमा आक्रमण गरेपछि दुई देशबीच तनावको स्थिति सिर्जना भएको छ । भारत र पाकिस्तानका नेताहरु तथा सेना प्रमुखहरुको तीखा प्रतिक्रियाहरु आइरहेका छन् । साथै बिभिन्न रणनीतिक बैठक र प्रेस बि्रफिङको क्रम पनि जारी छ ।

 

नियन्त्रण रेखा पार गरेर आक्रमण गरेको आरोप दुवै देशले एकअर्कालाई लगाइरहेका छन् । भारतले आफ्ना लडाकु विमानले पाकिस्तानको भूमिमा प्रवेश गरेर आतंकवादी संगठन जैश ए मोहम्मदको मुख्यालय ध्वस्त पारेको र केही कमाण्डरहरु पनि मारिएको दाबी गरेको छ ।

 

तर, पाकिस्तानले भने यसलाई मनगढन्ते भन्दै कुनै भौतिक र मानवीय क्षति नभएको बताएको छ । बरु पाकिस्तानको सेनाले भारतले आक्रमण गरेको भनिएको स्थानको फोटो सार्वजनिक गरेका छन् जसमा जंगल क्षेत्र जस्तो देखिने ठाउँमा केही सल्लाका रुखहरु ढलेको देखिन्छ ।

 

पाकिस्तानी सेनाको भनाइअनुसार भारतीय वायु सेनाका विमान पाकिस्तानको भूमिमा प्रवेश गरेका थिए र पाकिस्तानी सेनाले लखेट्दा हडबडाएर केही बम खसेका थिए । भारतीय मिडियाहरुले भने पाकिस्तानमाथि भारतले धावा बोलेको र पाकिस्तान डराएको भन्ने ढंगले सनसनी समाचारहरु दिइरहेका छन् ।

भारतले आक्रमण गरेको खबरलगत्तै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सुरक्षा परिषदको बैठक बोलाएका छन् । बैठकपछि पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले भारतले पाकिस्तानको सम्प्रभुताको उल्लंघन गरेको प्रतिक्रिया दिएका छन् । पाकिस्तानले भनेको छ- भारतको तर्फबाट भएको यो अनावश्यक आक्रमणको जवाफ पाकिस्तानले सही समय र सही स्थानमा दिनेछ ।

 

अब के होला भन्ने चासो बढिरहेको बेला पाकिस्तानले नेशनल कमान्ड अथ्योरिटी (एनसीए)को बैठक बोलाएको छ । निकै महत्वपूर्ण भनिएको यो बैठकले ठूलै निर्णय लिने अनुमान गरिए पनि निर्णय यही नै आउँछ भन्ने ठोकुवा भने कसैले गर्न सकेका छैनन् ।

 

एनसीए के हो ?

एनसीए पाकिस्तानको उच्च सैनिक मञ्च हो जहाँ देशको सुरक्षा नीतिसँग जोडिएका ठूला निर्णयहरु हुन्छन् । पाकिस्तानको परमाणु हतियारको सन्चालनको निर्णय पनि एनसीएले नै लिन्छ ।

 

रणनीतिक रुपमा महत्वपूर्ण परमाणु र मिसाइल सम्बन्धी सबै नीतिगत मुद्दाहरुमा निर्णय लिने उच्चतम प्राधिकरण हो एनसीए । साथै यसले परमाणु र मिसाइल कार्यक्रमको रेखदेख पनि गर्दछ ।

 

युद्ध र तनावको स्थितिमा एनसीएले सेनाको तैनाथीको निर्णय पनि लिन्छ । यसमार्फत नीति निर्माण, सैन्य अभ्यास, सेनाको तैनाथी, अनुसन्धान र विकास तथा पाकिस्तानको परमाणु हतियारको सञ्चालन र नियन्त्रण सम्बन्धी निर्णय पनि हुन्छ ।

 

यसमा राजनीतिक र सैन्य दुवै नेतृत्व सदस्य रहन्छन् । प्रधानमन्त्री यसको कार्यकारी प्रमुख हुन्छन् । रक्षा मन्त्री, विदेशमन्त्री, स्थल, वायु र नौ सेनाका अध्यक्ष यसमा सदस्य रहन्छन् ।

 

बीबीसीका सम्वाददाता शुमायला जाफरीका अनुसार बुधबार संसदको संयुक्त बैठक बोलाइएको छ । साथै नेशनल कमान्ड अथ्योरिटी (एनसीए)को बैठक पनि बोलाइएको छ । एनसीएको बैठकले भारतीय आक्रमणको कसरी जवाफ दिने भनेर पाकिस्तानले आगामी रणनीति बनाउने छ ।

 

भारतीय लडाकु विमान काश्मिरमा पाकिस्तानले खसाल्यो, विमान पूर्णरुपमा ध्व्स्त

 

भारतीय लडाकु विमान काश्मिरमा पाकिस्तानले खसालेको छ । तर भारतले भने लडाकु विमान काश्मिरमा दुर्घटना भएको जनाएको छ । भारतीय वायुसेनाको एउटा लडाकु बिमान मिग २१ काश्मिरमा दुर्घटना भएको छ । काश्मिरको कलान गाउँमा विमान खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

 

दुर्घटनामा बिमानका पाइलटको मृत्यु भएको छ । अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको छ । मिग २१ ले श्रीनगर बिमानस्थलबाट उडान भरेको थियो । उडान लगत्तै ठूलो आवाजसहित बिमान पड्कियो र खेतमा खस्यो । दुर्घटनाग्रस्त विमान पूर्णरुपमा ध्व्स्त भएको छ । अहिले श्रीनगर बिमानस्थलबाट उडान र अवतरण बन्द गरिएको छ ।

भारतीय वायू सेनाको एक लडाकु बिमानले पाकिस्तानी क्षेत्रमा पसेर बम विष्फोट गराएको भोलिपल्ट यो घटना भएको हो । पछिल्ला २० दिनमा भारतमा ५ वटा बिमान दुर्घटना भएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...