एनसेल गेटमा बमकाण्डका योजनाकार र विप्लवबीच ‘विशेष सम्बन्ध’ ! दोहोरी साँझदेखि अंगरक्षकसम्म



हाम्रो इकोनोमि

 

ललितपुरको नख्खुमा रहेको एनसेल कार्यालयलाई लक्षित गरी बम विस्फोट गराएको आरोपमा नेत्रविक्रम चन्दकै पूर्वअंगरक्षक पक्राउ परेका छन् ।

उनी विप्लव नेतृत्वको नेकपाका नेता समेत हुन् ।

विशेष ब्यूरो र महानगरीय अपराध महाशाखालको टोलीले कंलकीबाट सूर्य भुजेललाई मंगलबार बेलुका पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भुजेल नै नख्खु बमकाण्डका मुख्य योजनाकार हुन् ।

बम विस्फोटमा भुजेलले फिल्ड कमाण्डर भएर काम गरेको अनुसन्धानबाट खुलेको छ ।

विस्फोटको समयमा भुजेल सोही क्षेत्रमा देखिएका थिए ।

उनलाई सीसीटीभी क्यामेराले कैद गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

भुजेल मुख्य कमाण्डर भएर गराइएको विस्फोटमा अन्य संलग्नहरुको पनि खोजी कार्य जारी रहेको महानगरीय अपराध महाशाखाका एक अधिकारीले बताए ।

शुक्रबार साँझ बम विस्फोट हुँदा सिंहबहादुर गुरुङ्गको मृत्यु भएको थियो  भने विस्फोटमा प्रतिक्षा खड्का र उरुषा मानन्धर घाइते भएका छन् ।

प्रहरीले पक्राउ गरेका भुजेल २०६० सालबाट माओवादीमा आबद्ध भएका थिए । नुवाकोट स्थानीय ठेगाना भएका भुजेल तत्कालीन समयदेखि नै विप्लवसँग नजिक भएका थिए । त्यसपछि उनी नुवाकोटको तत्कालीन माओेवादीको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को अध्यक्ष समेत भए ।

प्रचण्डसँगको टकराव बढ्दै गएपछि मोहन वैद्य, विप्लव, रामबहादुर थापा लगायतले प्रचण्ड नेतृत्वको पार्टी परित्याग गर्दै नयाँ पार्टी बनाएका थिए । पछि वैद्य नेतृत्वमा रहेको पार्टी फुटाउँदै विप्लवले नयाँ पार्टी बनाएका थिए । २०६६ देखि नै काठमाडौंको ठमेलमा पोखरा दोहरी साँझ सञ्चालन गरेका भुजेल विप्लवले नयाँ पार्टी गठन गरेपछि उनकै सहयोगी भएर काम गरेका थिए ।

केही समय ‘अंगरक्षक’ भएपछि उनलाई विप्लवकै विशेष योजनामा उपत्यकामा खटाइएको थियो ।

उनले प्रहरीसँगको बयानमा आफू हाल विप्लवकै विशेष फोर्सको नेता भएको र पार्टीको केन्द्रीय नीतिअनुसार नै विस्फोट गराएको बताएका छन् ।

भुजेल पछिल्लो समय ठेक्कापट्टामा पनि संलग्न रहँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

विश्वासपात्र भएकै कारण भुजेल विप्लवकै विशेष व्यक्तिका रुपमा काठमाडौंमा कार्यरत थिए ।

एक प्रहरी अधिकारीले भने,‘‘भुजेल र विप्लवको भित्रि गोप्य सम्बन्ध देखिएको छ ।

उनले उपत्यकाका विभिन्न व्यापारीबाट चन्दा उठाउने र विप्लवसम्म पु¥याउने गरेको पाइयो ।’’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...