सडक छेउका १५ पेट्रोल पम्प हटाउने तयारी, निगम र व्यवसायी विरोधमा



हाम्रो इकोनोमि

 

सडक छेउका पेट्रोलपम्प हटाउने महानगरको तयारीले व्यवसायी आतंकित छन् । कुनै छलफल नै नगरी चालिएको कदम सफल नहुने निष्कर्ष व्यवसायीको छ । महानगर मापदण्ड नभएका पम्पलाई हटाएरै छाड्ने बताइरहँदा निगमले भने आपूर्तिमा समस्या हुने निष्कर्षमा पुगेको छ ।

 

राजधानीमा संचालित डेढ दर्जन पेट्रोलपम्प हटाउने काठमाडौं महानगरपालिकाको तयारी छ । सडक छेउमै खोलिएका १५ वटा पेट्रोलपम्पले ट्राफिक जाम गराएको र मानवीय क्षति बढेको निष्कर्ष निकाल्दै महानगरले पम्प हटाउन नेपाल आयल निगम लिमिटेडलाई पत्र काटेको छ ।

 

महानगरले ट्राफिक प्रहरी, आयल निगम, सडक विभाग र उद्योग मन्त्रालयका प्रतिनिधीलाई बोलाएर सडक छेउका पप्प हटाउन सहयोग मागेको छ । पेट्रोलपम्पका कम्पाउन्ड कम रहेकाले तेल भर्ने सवारी साधनको लाइन सडकसम्म पुगेर ट्राफिक जाम भएको देखिएपछि हटाउने निर्णय गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता
ईश्वरमान डंगोलको दावी छ ।

 

महानगरले टेकुमा रहेको कनक पेट्रोलपम्प, सोल्टीमोडको सीता पेट्रोलपम्प, बालाजुको कोतधुकु पेट्रोलपम्प, त्रिपुरेश्वरका जयन्ती र मायाराम भोलाराम, कलङ्कीका बाबा, श्यामा र त्रिशूल पेट्रोलपम्प, गैरीगाउँको भ्याली रिकेस पेट्रोलपम्प, जडीबुटीको कामाख्या पेट्रोलपम्प, जोरपाटीका जुबी र बराल पेट्रोलपम्प, दमकलचोकको एचपी इन्टरनेसनल इन्क, एकान्तकुनाको गायत्री पेट्रोलपम्प तथा महाराजगङ्जको सीता पेट्रोलपम्पलाई तत्काल हटाउने निर्णय गरेको होे ।

 

आयल निगम सडक छेउमा संचालित पम्पका कारण दुर्घटना बढेको स्वीकार गर्छ । तर एकैपटक १५ वटा पम्प विस्थापित गर्दा उपभोक्तामा ठूलो असर पर्ने निगमको भनाई छ । हटाउन लागिएका पम्पले मात्रै प्रतिदिन ६६ हजार लिटर इन्धन वितरण गर्दै आएका छन् । त्यसो त पछिल्ला ५ बर्षमा उपत्यकामा नयाँ पम्प स्थापनाको लागि आवेदनसम्म परेको छैन् । नयाँ नबन्ने र भएका पम्पलाई पनि एकसाथ हटाउँदा बजारमा इन्धन आपूर्तिमा समस्या आउने निगमका प्रवक्ता बिरेन्द्र गोइतको निष्कर्ष छ ।

 

पेट्रोलपम्प व्यवसायीले पनि महानगरको कदमप्रति बिरोध जनाएका छन् । ब्यवसायीसँग कुनै छलफल नगरी आफूखुसी पम्प हटाउन खोज्नु राम्रो कदम नभएको भन्दै आक्रोश ब्यक्त गरेका छन् । बर्षौं पूराना पम्प हटाउने महानगरको निर्णयले उपत्यकामा इन्धन आपूर्तिमा समस्या थपिने पेट्रोलियम डिलर राष्ट्रिय संघका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान बताउँछन् ।

 

विगत ५ बर्षको तथ्यांकलाई हेर्ने हो भने बार्षिक १२ प्रतिशतका दरले पेट्रोलियम पदार्थको बिक्रिवितरण बढेको छ । अहिले नयाँ पेट्रोलपम्प खोल्न महँगो हुँदै गएको छ । संचालकहरु पनि अन्य व्यवसायमा पलायन हुन थालकोले जोखिममा पर्दै गइरहेको यो ब्यवसायलाई महानगरले थप जोखिममा पु¥याएको व्यवसायीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...