पाकिस्तान लडाकु बिमानको प्रतिकारपछि भारतीय वायुसेना यसरी भाग्यो प्रतिकार गर्दै (भिडियो)



हाम्रो इकोनोमि

 

फागुन १४- कश्मिरको पुलवामा भएको आत्मघाती आक्रमणपछि भारतले पाकिस्तानमा आज १२ वटा मिराज विमानमार्फत हजार किलो बम बर्साएको छ ।

पुलवा आक्रमण गर्ने चरमपंथी संगठन जैस ए मोहम्मको ठेगानालाई लक्षित गरी गरिएको आक्रमणमा जैस ए संगै विभिन्न चरमपन्थी क्याम्प ध्वस्त पारिएको भारतीय मिडियाले दाबी गरेको छ ।

यता पाकिस्तानले पनि भारतले आक्रमण गरेको पुष्टी गरेको छ । पाकिस्तानका सेना प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दे भारतीय वायुसेनाले मुजफ्फराबाद सेक्टरमा घुसपैठ गरेको बताएका छन् ।

उनले ट्वीटरमार्फत जानकारी दिँदै भारतीय वायुसेनाको घुसपैठ हुँदा पाकिस्तानी वायु सेनाले पनि प्रभावशाली कारवाही गरेको बताएका छन् ।

उनले लेखेका छन् “भारतीय वायुसेनाले मुजफ्फराबाद सेक्टरमा घुसपैठ गरेका छन् । पाकिस्तानी वायु सेनाले पनि त्यसको प्रभावशाली प्रतिकार ग¥यो जसको कारण उनीहरु भागे । उनीहरुले भाग्दै गर्दा बालाकोटमा केही बम बर्साए ।

जसमा कुनै मानविय क्षती भने भएन” । यता भारतले आक्रमण गरेपछि पाकिस्तानमा आपतकालिन बैठक बोलाईएको छ ।

जसमा अब पाकिस्तानले कस्तो कदम चाल्ने भन्ने बारेमा छलफल हुने बताईएको छ ।

पुलवा घटनापछि पाकिस्तानप्रति निकै आक्रमक बनेको भारतले यसको बदला लिएरै छाड्ने चेतावनी दिँदै आएको थियो ।

४६ जना सेना मारिदा भारत र भारतीय जनता निकै आक्रोसित बनेको थियो । मोदी सरकारमाथि जनताको तर्फबाट पनि जवाफी कारवाही हुनु पर्ने दबाब थियो ।

भारतले आक्रमण गर्ने पुर्वअनुमानकै कारण पाकिस्तानका प्रधानमन्त्री इमरान खानले केही दिन अघि मात्र शान्ती स्थापनाका लागि भारतसंग एक मौका मागेका थिए तर भारतले आक्रमण गयो ।

सरकारी अधिकारी र भारतीय सेनाबीच भएको बारम्बारको वार्ताकै कारण भारतले पाकिस्तानमा आक्रमण गर्ने लगभग पक्का नै भएको अनुमान गरिएको थियो । पाकिस्तानमा भारतले हजार किलोको बम बर्साएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...