पैसो झ¥यो, डन म¥यो, खर्बपतिले गर्नु ग¥यो



हाम्रो इकोनोमि

 

गुण्डा नाइकेको भर परेर धन कमाउने सपना त जसोतसो पूरा होला तर डन मारिएपछि सम्पत्तिको किचलोका करण केही न केही नवधनाढ्यले मरेतुल्य हुने दिन आउँदै छ ।

 

प्रहरी इन्काउण्टरमा मारिएका कुमार घैँटे र दिनेश अधिकारी (चरी) का सम्पत्ति उनीहरू बाँच्दाभन्दा मरेपछि घाँडो बनेको छ, तिनका पार्टनरको निम्ति । यसैमध्येको एउटा प्रसंग हो, काठमाडौंसँगै जोडिएको धादिङको । भारतीय नकाबन्दीलगत्तै नेपाल आयल निगमले सातै प्रदेशमा इन्धन भण्डारण केन्द्र राख्ने तयारी थालेपछि ठूलै हल्लिखल्ली मच्चायो ।

 

त्यसमा अख्तियारसमेत लाग्यो । त्यहीमध्ये धादिङस्थित एउटा जग्गाको प्रसंग, जसमा ०७३ भदौ ३ गते सामाखुशी, कपुरधारामा प्रहरीसँगको दोहोरो झडपमा मारिएका गुण्डानाइके कुमार घैंटेको लगानी थियो । कथा लामो छ । कुमार घैंटेले नसकेर असनतिर घर भएका एमाले कार्यकर्ता शान्तराम डंगोल पनि यसमा प्रयोग भएका थिए । उनले लगानी गरेको अढाई करोड रूपैयाँको बैनासमेत फिर्ता नगरिकन चौधरी गु्रपले जग्गा किन्दा उनीहरू पनि मारमा परेका छन् ।

 

नौबिसे, खानीखोला पारी युनाइटेड सिमेन्ट छेउ एउटा बागबानी फार्म छ । राणाकालीन समयकै ठूलो आँपको बगैँचा भएको ठाउँ, जहाँ लिच्ची, कटहर प्रशस्त फल्छ । त्यससँगैको जग्गाको लफडा हो । उनीहरूले वाईवाई चाउचाउको फ्याक्ट्री चलाएको सैंबु, भैँसेपाटी क्षेत्रमा आवादी बढ्यो, जनताले धुँवा, धुलो खेप्नुप¥यो, त्यसलाई सार्नुप¥यो भन्दै त्यो जग्गामा आँखा लगाएका थिए । खास कुराचाहिँ थानकोटतिरको सुरुङमार्ग मुन्तिरबाट ३२ मिटर चौडाइको बाटो बन्ने, त्रिभुवन राजपथ, त्रिशूली (केरुङ, बेल्कोटगढी), सीतापाइला र नागढुंगा गरी चारवटा बाटो पनि त्यहीँ जोडिने गरी सरकारले काम थालेपछि व्यापारीहरू नौबिसेतिर लोभ्भिएका हुन् ।

 

तर, नाफाका लागि गरिएको लगानी डुब्ने खतरा छ । त्यो जग्गा सातदोबाटोस्थित केसिएम कलेजका संस्थापक विष्णु अधिकारीले किनेर राखेका थिए, ०६३ सालमा । कांग्रेसनिकट विष्णुले ग्याप नामक गैरसरकारी संस्थामार्फत मिनी अमेरिका बनाउने भनेर त्यसबेला रोपनीको ८४ हजारका दरले दुई सय १२ रोपनी जमिन ओगटेका थिए । ०६६ सालमा प्रतिरोपनी चार लाखका दरले दुई करोड बैना दियो, धरानतिरको एउटा ग्याङले । तर, काम अगाडि बढ्न नपाउँदै धरानेहरू आपसमै भाँडिए । उनीहरूले स्थानीय बासिन्दासँगको लफडा मिलाउन सकिरहेका थिएनन् । यहीबीच गुण्डा भेला पारेर तिरिमिरी खेलाउँछु भन्दै चरीको साथ लिएर घैंटे अघि सरे ।

 

उनले डेढ करोडमा कुरा छिने । तर, केही गर्न सकेनन् । जग्गाको बीचमा गोरेटो बाटो छ । त्यहाँ राईहरूको दुई सय घरधुरी छ । राणाकालदेखिका कुरुवा मुकुन्द राईले ओम रानासँग बाझ्दा ६ रोपनी जमिन पाए । त्यसबाहेकका राईहरू असन्तुष्ट हुने नै भए । घैंटेले नसकेपछि असनका शान्तराम डंगोलको प्रवेश भयो । घैंटेले रोपनीको १२ लाखका दरले डिल गरे । अहिले सबैको रुवाबासी गराउँदै चौधरीलाई प्रतिरोपनी १९ लाख ५० हजारका दरले त्यही जग्गा भिडाइएको छ ।

 

लिखतमा जग्गाको मूल्य १३ लाख ५० हजार देखिन्छ । तर, कर बढी तिर्नुपर्ने कारण कागजमा एउटा, मौखिक सहमतिमा अर्को मूल्य कायम गरिएको हो । चौधरी ग्रुपले ४३ करोडमा सिजी फुड्स इण्डष्ट्रिजका नाममा सो जमिन खरिद गरेको बताइन्छ । तर, कागजी मूल्य २० करोड मात्रै देखाइएको छ । उक्त जमिन भएको ठाउँ धार्के–सीतापाइला राजमार्गबाट ६ सय मीटरको दूरीमा छ । धार्केनजिकैको बाहुनडाँडामा आकर्षक रेशमखेती चलेको छ । डाँडै तिनले हात पारेका हुन्

 

भित्री कुराचाहिँ, आयल निगमलाई महंगो दरमा जग्गा भिडाउनु हो । तर, त्यहाँ धुनिबेँसी नगरपालिकाले आफ्नो भवन बनाउने, टाउनप्लानिङ गर्नेजस्ता योजना भएको भन्दै चौधरीसँग सात रोपनी जग्गा मागिरहेको छ । चौधरीहरू दिन आनाकानी गर्दैछन् । अहिले नगरपालिका र चौधरीग्रुपबीच लफडा चलिरहेको छ । एकातिर मोहीहरू फायर, अर्कातिर पहिला–पहिला पैसा लगानी गरेर फसेकाहरू उत्तिकै आगो । दुई सय १२ रोपनीबाहेक ८४ रोपनी जग्गा ग्यापका नाममा छ । अरु–अरु १४–१५ रोपनी मोहीहरूको नाममा छ । निरञ्जन राई नामक अर्का व्यक्तिको त्यही जग्गामा एक करोड ४० लाख रूपैयाँ डुबेको छ ।

 

नेपाल आयल निगमलाई तीन सय एक रोपनी जमिन दिने गरी बाहुनडाँडा नै किन्ने योजना हो । बूढानिलकण्ठमा पनि चौधरी ग्रुपले १५ रोपनी जग्गा २५ करोडमा खरिद गरेको बताइन्छ । कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंहको जग्गा, तर उनको नाम नदेखिने गरी अरुकै नाममा रजिष्ट्रेसन रहेको गाइँगुइँ छ ।

 

त्यस्तै, घैंटेले रामेछापमा उनै विष्णु अधिकारीले परियोजना सञ्चालन गरिरहेको एक हाइड्रोपावरमा पनि लगानी गरेका रहेछन् । यही जग्गा, जमिन झुक्याएर बेच्ने प्रकरणमा पक्राउ परेका सागर थापा नामक व्यक्ति १७ नं. महलको सुविधाअन्तर्गत साढे ३ करोड धरौटी बुझाएर नख्खु जेलबाट छुट्दै छन् ।जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...