भारतको पक्षमा वीरगञ्जमा राजपाको प्रदर्शन



हाम्रो इकोनोमि

 

जम्मु काश्मिरमा भएको आतंकवादी हमलाको विषयलाई लिएर नेपालको वीरगञ्जमा भारतका पक्षमा प्रदर्शन भएको छ । हमलाको जवाफमा भारतीय वायु सेनाले पाकिस्तानी भूमीमै पसेर आक्रमण गरेकै दिन वीरगन्जमा भारतको पक्षमा प्रदर्शन भएको गरिएको हो ।

१४ फेब्रअरी र त्यसयता भारतमा भएको आतंकवादी हमलाको विरोधमा राष्ट्रिय जनता पार्टी राजपाका महासचिव राजेशमान सिंहको नेतृत्वमा राष्ट्रिय युवा संघ र राष्ट्रिय विधार्थी संघका कार्यकर्ताले मंगलबार मोटरसाइकल र्‍याली गरेका हुन् । आतंकवादविरुद्ध नेपालका युवा भारतको साथमा रहेको भन्दै राजपाले प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीले आतंकवाद र आतंकवादीलाई संरक्षण दिने राष्ट्र मुर्दावाद, आतंकवादविरुद्ध भारत हामी तिम्रो साथमा छौँ, नेपाल भारत मैत्री सम्बन्ध अमर रहोस् जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए ।

वीरगन्जको श्रीपुरस्थित जिल्ला प्रहरी कार्यालय पर्सा अगाडिको लालबंगला परिसरबाट निकालेको मोटरसाइकल र्‍याली घण्टाघर, माइस्थान, आदर्शनगर, घडीअर्वाको परिक्रमा पछि पुन घण्टाघरचोकमा फर्किएर विरोधसभामा परिणत भएको थियो ।

विरोधसभालाई सम्बोधन गर्दै राजपाका महासचिव राजेशमान सिंहले आतंकवादीको कुनै जात धर्म र सीमा नहुने भन्दै आतंकवाद र आतंकवादीलाई विश्वबाटै समाप्त पार्न आवश्यक रहेको बताए ।

र्‍यालीमा राजपाका नेता प्रेमबाबु पटेल, मदन यादव, राष्ट्रिय युवा संघ पर्साका अध्यक्ष सुशील पटेल, राष्ट्रिय विद्यार्थी संघ पर्साका अध्यक्ष मदनसुदन चौरसीयालगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...