महाकाली सन्धि किन कार्यान्वयन भएन भारतलाई सोध्नू : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालालाई राष्ट्रिय हितका सम्बन्धमा भारतीय पक्षसँग खुला रुपमा  छलफल गर्न निर्देशन दिएका छन्।

बुधबारदेखि काठमाडौंमा सुरु हुने नेपाल-भारतका विज्ञको संयुक्त तेस्रो बैठकमा सहभागी हुने सरोकारवालालाई  प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्।

जल तथा ऊर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्देशीय आयोजनाको कार्यान्वयनको विषयमा जानकारी गराउन सिंहदरबारमा गरेको बैठकमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ओलीले २३ बर्ष अघि महाकाली सन्धि अनुसार नेपालले चाँदनी-दोधारा क्षेत्रमा पाउनु पर्ने पानी अहिलेसम्म नपाएको विषयमा प्रश्न गर्न निर्देशन दिएका हुन्।

‘हाम्रो पहिलो प्राथमिकता सन्धिको कार्यन्वयन हो। महाकाली सन्धि अनुसार नेपालले चाँदनी दोधारा क्षेत्रमा १० क्युसेक पानी पाउनु पर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘सिरानबाट नहर बग्ने तर हाम्रा खेत बाँझै रहने स्थिति हुनुहुदैन।’

२०५२ माघ १९ गते भएको महाकाली सन्धीको धारा ४ अनुसार नेपालको चाँदनी-दोधारा क्षेत्रको सिंचाइका लागि भारतले १० घन मिटरप्रति सकेण्ड पानी उपलब्ध गराउने सम्झौतालाई कार्यन्वयन गराउने भारतलाई तत्पर गराउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

बैठकमा ऊर्जामन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईलागयत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...