पाकिस्तानले एक बम प्रहार गरे भारतले २० बम प्रहार गरी पाकिस्तान ध्वस्त गर्न सक्छः मुसर्रफ



हाम्रो इकोनोमि

 

 

पाकिस्तानका पूर्व राष्ट्रपति एवं जनरल परभेज मुसर्रफले युएइमा हालै आयोजित एक पत्रकार सम्मेलनमा सम्बोधन गर्दै भारत पाकिस्तान सम्बन्ध तनावपूर्ण अवस्थामा पुगेको उल्लेख गरेका थिए ।

उनले पाकिस्तानद्वारा भारतमाथि आणविक आक्रमण गर्ने कुरा सोच्नु पनि आत्मघाती हुने बताएका छन् ।

आणविक रुपमा शक्तिशाली दुवै देशको तुलना गर्दै मुसर्रफले भने भारत र पाकिस्तान दुवै तनावपूर्ण अवस्थामा

पुगेका छन् तर त्यसको समाधान आणविक आक्रमणले हुन सक्दैन उनले भने– यदि पाकिस्तानले एउटा आणविक बम भारतमा प्रहार ग¥यौं भने भारतले त्यसको प्रतिकारमा २० भन्दा बढी आणविक बम प्रहार गर्न सक्छ ।

के हामीले भारतमाथि ५० आणविक बम प्रहार गर्न सक्छौं ? उनले भने सक्दैनौं ।

उनले पाकिस्तानले इजरायलसँग सम्बन्ध सुधार गर्नुपर्ने दावी समेत गरे ।

उनी पाकिस्तानको सरकारमा आफ्नै मन्त्रीहरु रहेको र त्यहाँको वातावरण अनुकुल पनि आफू स्वदेश फर्कने बताएका छन् ।

सन् १९९९ को सैनिक विद्रोह मार्फत् पाकिस्तानी राजनीतिमा उदाएका मुसर्रफलाई नवाज सरिफको उदयसँगै निर्वासनमा जानु परेको थियो ।

प्रतिक्रिया दिनुहोस
पूर्व सभापति देउवालाई स्वागत छ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट पूर्व सभापति शेरबहादुर...

पार्टी एकताका लागि देउवाको आव्हान

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी एकताको आह्वान गरेका छन्। करिब...

नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र त हुँदै छैन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र...

बाजागाजासहित देउवालाई स्वागत गर्न ७ हजार नेता-कार्यकर्ता सडकमा

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीको इतर समूहले आज...