ब्राम्हणको घरमा मगरकी छोरी अस्वीकार, मुस्लिम बुहारी स्वीकार !



हाम्रो इकोनोमि

 

बाग्लुङको एक ब्राम्हण परिवारका छोराले २७ वर्षअघि मगरकी छोरी विवाह गर्दा समाजले घृणा गरेपछि उनीहरु लुकेर बस्नु परेको थियो । अहिले त्यही परिवारका छोराले धर्म संस्कृति नै नमिल्ने पाकिस्तानी मुस्लिम समुदायकी युवती विवाह गर्दा सबैले स्वीकारमात्र गरेनन् भव्य स्वागत र हर्षोल्लास नै मनाएका छन् ।

 

हालको बाग्लुङ्ग नगरपालिका–१२ अमलाचौर पल्लासराङ्ग गाउँका टीकाराम आचार्यले २७ वर्षअघि गाउँकै डिलमाया पाईजा मगरसँग प्रेम विवाह गर्दा समाजले बहिस्कार गरेपछि उनीहरुको जोडी गाउँ छाडेर पोखरामा बस्न पुगेका थिए ।  अहिले  उनै दम्पत्तिका एक मात्र छोरा २३ वर्षीय  सुदीन आचार्यले पाकिस्तानकी मुस्लिम समुदायकी युवती २२ वर्षिया आम्ना सफिकलाई विवाह गरेर घर भित्र्याउदा बहिस्कार होइन भव्य स्वागत र उल्लास चलिरहेको छ ।

 

‘मैले २७ वर्ष अघि मगरकी छोरी डिलमायालाई विवाह गर्दा ठूलो चुनौती मोल्नु परेको थियो । घरमा पस्न नदिने र छुटाउने प्रयासको त्रास बढेपछि भागेर हामी पोखरा आएका थियौँ । अहिले पनि यहि छौं’ आचार्यले भने, ‘अहिले छोराले मुस्लिम युवती विवाह गरेर ल्याउँदा असाध्यै राम्रो लागेको छ । माया प्रेममा कुनै धर्म र जातापातको भेदभाव राख्नु हुँदैन भन्ने मान्यता राख्छौँ र हामी निकै खुशी छौँ ।’

 

उनले उतिबेला आमाले बाहिरै राखेर स्वीकार्न चाहे पनि आफूहरु सामाजिक बहिस्कारमा परेपछि पोखरा आउनु परेको दोहोर्याउँँदै परिवारकै सल्लाहमा तीन दिनअघि बाग्लुङ्ग जिल्ला अदालतमा छोरा बुहारीले ‘कोर्ट म्यारिज’  गरेर  पोखरास्थित घर भित्रिन आएको बताए । एक छोरा र एक छोरी रहेको बताउने आचर्यले अरुलाई पनि धर्म र जातपातको विभेद नगर्न सुझाव दिए ।

 

सामाजिक सञ्जालले जोड्यो नेपाली र पाकिस्तानी मन

बैदेशिक रोजगारका लागि डेनमार्क हुँदै पर्चुगल पुगेका सुदीन र आम्ना सामाजिक सञ्जाल फेबुकमा साथी बनेको बताउँछन् ।

 

सुदीन भन्छन्, ‘मैले मेरो परिवारबाट र उनले (आम्नाले) आफ्नो परिवारबाट स्वीकृत माग्दा दुवैतर्फबाट स्वीकृति भए पछि बाग्लुङ्ग आएर कोर्ट म्यारिज गरेका हौँ ।’ ‘हामी फेशबुकमा फ्रेण्ड बन्यौं , त्यसपछि दुई वर्ष अघिदेखि हाम्रो फोन सम्बाद हुँदै आएको थियो’, सुदीन थप्छन् ‘एक वर्ष अघि मात्र हाम्रो पोखरामा प्रत्यक्ष भेट भएको हो ।’

 

बाग्लुङ्गको छिमेकी जिल्ला गुल्मीमा दुई वर्षअघि  बिश्वकर्माका छोरालाई नेवार समुदायले आफ्नी चेली जग्गेमा  पाउँ पुजेरै विवाह गराएपछि यस भेगमा अन्तरजातीय बिबाहले प्रोत्साहन पाउन थालेको छ  ।

समाजमा समानता चाहने बाग्लुङ्गका समाजसेवी र राजनीतिकर्मीहरुले उनीहरुको विवाह सम्बन्धलाई निकै सह्राना र स्वागत गरेका छन् ।

 

मुलुकी देवानी संहिता २०७४ को दफा ७७ बोमिजिम विवाह दर्ता गर्न मञ्जुर भए न्यायधीशले विवाह गराइदिन सक्ने व्यवस्था भएअनुसार उनीहरुको विवाह गराईएको अधिवक्ता तिलकबहादुर रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...