गुल्मीको अर्खबाङ बाट बुटवल जाँदै गरेको बस दुर्घटना
गुल्मीको अर्खबाङ बाट बुटवल जाँदै गरेको लु १ ख ७३६६ नं. को बस अर्घाखाँचीको अल्गाटारीमा दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन । घाइतेहुनेहरुमा गोबिन्द दमासे ,भुमिकास्थान ६ खिल्जी( बर्ष ३१), रेमलाल भुसाल सन्धिखर्क ८ ( बर्ष ३०),नरेन्द्र थापा मालारानि ६ ( बर्ष ६५), फर्सुराम राना मालारानी ६ ( बर्ष ५२),खडक थापा मालारानी ६ ( बर्ष २२), वसन्त थापा मालारानी ६ ( बर्ष २५), भुमा थापा घुर्कोट ३ गुल्मी ( बर्ष ३९),शाबित्रा खड्का मालारानी ५ बाँगी ( बर्ष ४७) लाई जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार गरिरहेको जिल्ला अस्पताल अर्घाखाँचीबाट अशोक चौहानले जानकारी गराएका छन ।
रोमाखर खनालको बस भएको बुझिएको हो । बसको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । उता दार्चुलाको दुहुँ गाउँपालिका ३ राताकाठामा बन्दै गरेको दार्चुला–तिङकर सडकमा पहिरो खस्दा एकजनाको ज्यान गएको छ । दुईजना घाइते भएका छन्। प हिरो खस्दा बाख्रा चराउन लेकतिर लैजाँदै गरेका नौगाड गाउँपालिका ४ सिप्टीका ३९ वर्षका रघुवीरसिंह धामीको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते नौगाड ४ का ३१ वर्षका मानसिंह ठगुन्ना र वडा नम्बर ३ का उधारो ठगुन्नाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । सडक बनाउने क्रममा विस्फोटक पदार्थ पड्काइएको केही घण्टापछि पहिरो गएको हो । पहिरोमा केही बाख्रा पुरिएको प्रहरीले जनाएको छ ।


