‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारीको पोल खोलौं’ भन्दै अख्तियारमा विवेकशील पार्टी



हाम्रो इकोनोमि

 

रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले भ्रष्टाचारमा मुछिएकाहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएको छ ।

 

विवेकशील साझा पार्टीकी प्रदेश ३ कि संयोजक समीक्षा बास्कोटा नेतृत्वको टोलीले मंगलबार टंगालस्थित आयोगको कार्यालयमा पुगी अरबौंको भ्रष्टाचारमा मुछिएकाहरुलाई राजनीतिक प्रभावमा नपरी स्वतन्त्र र निष्पक्षले ढंगले अनुसन्धान गरी तत्काल कारबाहीको दायरामा ल्याउन ध्यानाकर्षण पत्र बुझाएको हो ।

 

आयोगका प्रवक्ता रामेश्वर दंगाललाई बुझाइएको ध्यानाकर्षण पत्रमा आर्थिक अनियमितता र पदीय दुरुपयोगको घटनाको अनुसन्धानलाई थप सशक्त र प्रभावकारी बनाउन पनि आयोगसँग माग गरिएको छ । भ्रष्टाचारमा मुछिएकाहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन अयोगको ध्यानाकर्षण गराएको विवेकशील साझा पार्टी, काठमाडौं जिल्ला कार्य समितिका नेता चोकराज घिमिरेले जानकारी दिए ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुगेका विवेकशील साझा पार्टीका नेता कार्यकर्ताहरुले ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारीको पोल खोलौं’, ‘भ्रष्टाचारी जेल परुन’ लगायतका प्लेकार्ड पनि प्रर्दशन गरेका थिए ।

 

विवेकशील साझा पार्टीले वाइडबडी जहाज खरिद प्रकरण, ३३ किलो सुन तस्करी, एनसेल प्रालिको लाभांश कर, नेपाल आयल निगमको जग्गा खरिद प्रक्रियामा भ्रष्टाचार भएको दाबी गर्दै कारबाहीको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...