‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारीको पोल खोलौं’ भन्दै अख्तियारमा विवेकशील पार्टी



हाम्रो इकोनोमि

 

रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले भ्रष्टाचारमा मुछिएकाहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएको छ ।

 

विवेकशील साझा पार्टीकी प्रदेश ३ कि संयोजक समीक्षा बास्कोटा नेतृत्वको टोलीले मंगलबार टंगालस्थित आयोगको कार्यालयमा पुगी अरबौंको भ्रष्टाचारमा मुछिएकाहरुलाई राजनीतिक प्रभावमा नपरी स्वतन्त्र र निष्पक्षले ढंगले अनुसन्धान गरी तत्काल कारबाहीको दायरामा ल्याउन ध्यानाकर्षण पत्र बुझाएको हो ।

 

आयोगका प्रवक्ता रामेश्वर दंगाललाई बुझाइएको ध्यानाकर्षण पत्रमा आर्थिक अनियमितता र पदीय दुरुपयोगको घटनाको अनुसन्धानलाई थप सशक्त र प्रभावकारी बनाउन पनि आयोगसँग माग गरिएको छ । भ्रष्टाचारमा मुछिएकाहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन अयोगको ध्यानाकर्षण गराएको विवेकशील साझा पार्टी, काठमाडौं जिल्ला कार्य समितिका नेता चोकराज घिमिरेले जानकारी दिए ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुगेका विवेकशील साझा पार्टीका नेता कार्यकर्ताहरुले ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारीको पोल खोलौं’, ‘भ्रष्टाचारी जेल परुन’ लगायतका प्लेकार्ड पनि प्रर्दशन गरेका थिए ।

 

विवेकशील साझा पार्टीले वाइडबडी जहाज खरिद प्रकरण, ३३ किलो सुन तस्करी, एनसेल प्रालिको लाभांश कर, नेपाल आयल निगमको जग्गा खरिद प्रक्रियामा भ्रष्टाचार भएको दाबी गर्दै कारबाहीको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...