परमाणु हतियारमा भारतभन्दा बलियो छ पाकिस्तान, जान्नुहोस् सैन्य शक्तिमा को कति शक्तिशाली?



हाम्रो इकोनोमि

 

 

भारत र पाकिस्तानबीच अहिले सबन्ध निकै बिग्रिएको छ । दुई साताअघि भारतको पुलावामामा आतंकवादी आक्रमण भएपछि बिग्रिएको यो सम्बन्ध आज झनै चिसिएको छ । गएराती भारतीय वायुसेनाले पाकिस्तानी सीमाभित्र पसेर बम खसालेपछि यी दुईबीचको सबन्धमा झनै ठूलो दरार परेको हो । अहिले भारत र पाकिस्तानबीच युद्धको आशंका पनि गरिएको छ ।

 

यी दुई देशबीच १९४७ देखि नै कश्मिर विषयमा विवाद छ । यदि यी दुई देशबीच युद्ध भइहाल्यो भने कुन देश शक्तिशाली होला भन्ने जिज्ञासा अहिले धेरैमा छ । इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिज (आइआइएसएस)ले हरेक देशको सैन्य शक्तिको तथ्यांक राख्ने गरेको छ । आउनुहोस् आइआइएसएसको तथ्यांकअनुसार जानौं कुन देश कति शक्तिशाली छ ।

 

 

बजेटः २०१८ मा भारतले ५८ अर्ब डलर अर्थात आफ्नो कूल ग्राहस्थ उत्पादनको २.१ प्रतिशत सैन्य बजेटको लागि छुट्याएको थियो । आइआइएसएसको तथ्यांकअनुसार भारतसँग १४ लाख जना सैनिक छन् । पाकिस्तानले २०१८ मा ११ अर्ब डलर अर्थात कूल ग्राहस्थ उत्पादनको ३.६ प्रतिशत बजेट सैन्य क्षेत्रका लागि छुट्याएको थियो । २०१८ मा पाकिस्तानले सय मिलियन डलर विदेशबाट सैन्य सहयोग पनि पाएको थियो । पाकिस्तानमा ६ लाख ५० हजार सैनिक छन् ।

 

स्टकहोम इन्टरनेशनल पीस रिसर्चइन्ष्टिच्युटका अनुसार ९९३ देखि २००६ सम्म पाकिस्तानले आफ्नो वार्षिक सरकारी खर्चको २० प्रतिशत सेनामा खर्च गरेको थियो । २०१७ मा पाकिस्तानले कूल सरकारी खर्चको १६.७ प्रतिशत सेनामा खर्च गरेको छ । ९९३ देखि २००६ सम्म भारतको सैन्य खर्च कूल सरकारी खर्चको १२ प्रतिशत थियो । २०१७ मा यो ९.१ प्रतिशत थियो ।

 

 

मिसाइल र परमाणु हतियारः भारत र पाकिस्तान दुवै परमाणु हतियार सम्पन्न देश हुन् । भारतसँग ए किसिमका अपरेशनल मिसाइल छन् । यसमा अग्नी ३ (३ हजार देखि ५ हजार किलोमिटर क्षमता) पनि समावेश छ । चीनको सहयोगबाट पाकिस्तानले पनि कैयौं परमाणु हतियार विकास गरेको छ जो भारतको कुनै पनि ठाउँमा आक्रमण गर्न सक्षम छन् । शाहीन २ पाकिस्तानको सबैभन्दा शक्तिशाली मिसाइल हो । भारतसँग १३० देखि १४० परमाणु बम छन् भने पाकिस्तानसँग १४० देखि १५० परमाणु बम छन् ।

 

 

अन्य हतियारः भारतसँग ३५६३ युद्ध ट्यांक छन् । यसका अलावा ३१०० इन्फेट्री लडाकू वाहन, ३३६ सशस्त्र पर्सनर क्यारिअर्स र ९७१९ तोप छन् । पाकिस्तानसँग २४९६ युद्ध ट्यांक छन् । १६०५ सशस्त्र पर्सनल क्यारिअर, ४४७२ तोप छन् ।

 

वायु सेनाः भारतसँग ८१४ कम्ब्याट एयरक्राफ्ट छन् । भारतको वायुसेनामा १ लाख २७ हजार २ सय सैनिक कार्यरत छन् । भारतसँग फाइटर जेटको भने समस्या छ । पाकिस्तानसँग ४२५ कम्ब्याट एयरक्राफ्ट छन् । तर, पाकिस्तानसँग चीनमा बनेको एफ सेभेन पीजी र अमेरिकामा बनेको एफ सिक्सटिन फाइटिङ फल्कन जेट पनि छन् । पाकिस्तानसँग यस्ता एयरक्राफ्ट पनि छन् जसले हवाइ खतराको सूचना दिन्छन् ।

 

जलसेनाः भारतीय नेभीसँग एउटा एयरक्राफ्ट क्यारिअर, १६ सबमरिन, १३ फ्रिगेट्स, ११०६ पट्रोल र कोस्टल कब्याट जहाज छन् । भारतीय नेभीमा ६७ हजा ७ सय सैनिक कार्यरत छन् । पाकिस्तानी नेभीसँग ९ फ्रिगेट्स, ८ सबमरिन, १७ पट्रोल र कोस्टल जहाज छन् ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...