पाकिस्तानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक, भारतमा अक्रमण गर्ने चेतावनी



हाम्रो इकोनोमि

 

भारतले पाकिस्तानको सीमा पार गरेर आक्रमण गरेसँगै पाकिस्तानमा मन्त्रिपरिषद्को बैठक बसेको छ । केहिबेरअघि बसेको मन्त्रीपरिषद् बैठकले पाकिस्तानको सीमा पार गरेर भारतले गरेको आक्रमणको बारेमा छलफल हुनेछ । अहिले पाकिस्तानी सरकारले के निर्णय गर्ला भन्ने विषयमा सबको चासो दिएका छन् । भारतमा अक्रमण गर्ने चेतावनी बैठकले दिएको दाबी छ ।

 

यसअघि पाकिस्तानका विदेशमन्त्री खवाज महोम्मद असिफले भारतले यो आक्रमणका ठु्लो मूल्य चुकाउनुपर्ने अभिव्यक्ति दिइसकेका छन् । आक्रमणबाट ३ सय भन्दा बढी मारिएको भारतीय मिडियाले दावी गरिरहेका छन् भने पाकिस्तानी सेनाका प्रमुख आशिफ जाफुरले भने आक्रमणबाट मानवीय क्षति नभएको पुष्टि गरेका छन् । भारतमा पनि मन्त्रीपरिषद्का वैठक पनि बसिरहेको छ । भारतको मन्त्रीपरिषद्को निर्णयको पनि एकदमै प्रतिक्षारत छ ।

 

काश्मिर हमलाको जवाफः भारतले पाकिस्तानमा छिरेर गर्यो हमला, हजार किलो बम बर्सायो

 

भारत प्रशासित काश्मिरको पुलवामा हमलाको १२ दिनपछि भारतीय वायुसेनाले पाकिस्तानविरुद्ध ठूलो कारवाही गरेको छ । मंगलबार बिहान करिब साढे तीन बजे मिराज–२००० लडाकू विमानले नियन्त्रण रेखा (एलओसी) पार गरी पाकिस्तान प्रशासित काश्मिरमा छिरेर चरमपन्थी गुटमाथि कारवाही गरेको छ । १२ वटा मिराज विमानले हजार किलो बम बर्सायो । यसमा विभिन्न चरमपन्थी क्याम्प ध्वस्त भएको भारतीय मिडियाले दाबी गरेको छ ।

भारतीय वायुसेनाको सूत्रले यो हमलाको पुष्टि गरेको छ । फेब्रुअरी १३ तारिखमा पुलवामा फिदायीन हमलामा सरकारी सुरक्षाका ४० जवानको मृत्यु भएको छ । जैश–ए–मोहम्मदले यसको जिम्मेवारी लिएको थियो ।

 

स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाले भनेको छ, ‘बालाकोट, चकोटी, मुजफ्फराबादमा जैशका इलाका ध्वस्त भएको छ । बालाकोट पाकिस्तानको प्रान्त खैबर पख्तूनख्वाहमा अवस्थित छ । हमला भएको स्थान एलओसीभन्दा करिब ५० किलोमिटर टाढा छ ।’

 

पाकिस्तान सेनाले भन्यो – भारतले घुसपेठ गर्यो

भारतको कारवाहीमा पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले एक ट्वीट गर्दै भारतीय वायुसेनाले मुजफ्फराबाद सेक्टरमा घुसपेठको कोसिस गरेको थियो ।

 

‘कारवाही आशा गरेभन्दा ठूलो’

जम्मू–कश्मिरका पूर्व मुख्यमन्त्री र नेशनल कन्फरेन्सका नेता उमर अब्दुल्लाले भारतको कारवाहीमा भने, ‘यदि यो कुरा साँचो हो भने यो सानो हमला होइन । यो हामीले आशा गरेभन्दा ठूलो हो ।’

 

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...