पाकिस्तानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक, भारतमा अक्रमण गर्ने चेतावनी



हाम्रो इकोनोमि

 

भारतले पाकिस्तानको सीमा पार गरेर आक्रमण गरेसँगै पाकिस्तानमा मन्त्रिपरिषद्को बैठक बसेको छ । केहिबेरअघि बसेको मन्त्रीपरिषद् बैठकले पाकिस्तानको सीमा पार गरेर भारतले गरेको आक्रमणको बारेमा छलफल हुनेछ । अहिले पाकिस्तानी सरकारले के निर्णय गर्ला भन्ने विषयमा सबको चासो दिएका छन् । भारतमा अक्रमण गर्ने चेतावनी बैठकले दिएको दाबी छ ।

 

यसअघि पाकिस्तानका विदेशमन्त्री खवाज महोम्मद असिफले भारतले यो आक्रमणका ठु्लो मूल्य चुकाउनुपर्ने अभिव्यक्ति दिइसकेका छन् । आक्रमणबाट ३ सय भन्दा बढी मारिएको भारतीय मिडियाले दावी गरिरहेका छन् भने पाकिस्तानी सेनाका प्रमुख आशिफ जाफुरले भने आक्रमणबाट मानवीय क्षति नभएको पुष्टि गरेका छन् । भारतमा पनि मन्त्रीपरिषद्का वैठक पनि बसिरहेको छ । भारतको मन्त्रीपरिषद्को निर्णयको पनि एकदमै प्रतिक्षारत छ ।

 

काश्मिर हमलाको जवाफः भारतले पाकिस्तानमा छिरेर गर्यो हमला, हजार किलो बम बर्सायो

 

भारत प्रशासित काश्मिरको पुलवामा हमलाको १२ दिनपछि भारतीय वायुसेनाले पाकिस्तानविरुद्ध ठूलो कारवाही गरेको छ । मंगलबार बिहान करिब साढे तीन बजे मिराज–२००० लडाकू विमानले नियन्त्रण रेखा (एलओसी) पार गरी पाकिस्तान प्रशासित काश्मिरमा छिरेर चरमपन्थी गुटमाथि कारवाही गरेको छ । १२ वटा मिराज विमानले हजार किलो बम बर्सायो । यसमा विभिन्न चरमपन्थी क्याम्प ध्वस्त भएको भारतीय मिडियाले दाबी गरेको छ ।

भारतीय वायुसेनाको सूत्रले यो हमलाको पुष्टि गरेको छ । फेब्रुअरी १३ तारिखमा पुलवामा फिदायीन हमलामा सरकारी सुरक्षाका ४० जवानको मृत्यु भएको छ । जैश–ए–मोहम्मदले यसको जिम्मेवारी लिएको थियो ।

 

स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाले भनेको छ, ‘बालाकोट, चकोटी, मुजफ्फराबादमा जैशका इलाका ध्वस्त भएको छ । बालाकोट पाकिस्तानको प्रान्त खैबर पख्तूनख्वाहमा अवस्थित छ । हमला भएको स्थान एलओसीभन्दा करिब ५० किलोमिटर टाढा छ ।’

 

पाकिस्तान सेनाले भन्यो – भारतले घुसपेठ गर्यो

भारतको कारवाहीमा पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले एक ट्वीट गर्दै भारतीय वायुसेनाले मुजफ्फराबाद सेक्टरमा घुसपेठको कोसिस गरेको थियो ।

 

‘कारवाही आशा गरेभन्दा ठूलो’

जम्मू–कश्मिरका पूर्व मुख्यमन्त्री र नेशनल कन्फरेन्सका नेता उमर अब्दुल्लाले भारतको कारवाहीमा भने, ‘यदि यो कुरा साँचो हो भने यो सानो हमला होइन । यो हामीले आशा गरेभन्दा ठूलो हो ।’

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...