प्रधानमन्त्री ओलीलाई फेसबुकमा शुभकामना दिएका योगेशले ट्वीटरमा किन असन्तुष्टि पोखे



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का स्थायी समिति सदस्य योगेश भट्टराईले यही फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई ६८ औं जन्मोत्सवका अवसरमा फेसबुकमा शुभकामना दिएका थिए । तर उनैले ट्वीटमा धेरैले राजनेता भन्दै शुभकामना दिएको स्टाटस हेरेर वाक्क भएपछि  एउटा ट्वीट गरे जुन अहिले चर्चामा छ ।

 

ट्वीटभित्रै धेरै सवाल जवाफ नभए पनि योगेको ट्वीटका बारेमा सिंहदरबार, धुम्बाराही र बालुवाटारमा अझैे चर्चाको विषय बनेको छ । योगेशले ट्वीटमा राजनेताको परिभाषा दिने कोशिश गरे । प्रधानमन्त्री ओलीको जन्मदिनकै दिन उनले यस्तो किन गरेत रु यसको अर्थ लगाउनेहरूले अनेकन प्रयास गरेका छन ।

विगतमा योगेशसँग वाक युद्ध गर्ने प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले भने कुनै प्रतिक्रिया जनाएका छैनन् । योगेशले लेखेका छन ‘त्यो साच्चै राजनेता हो, जसले जीवनभर अरूको अनुहारमा मुस्कान दिन्छ अनि मृत्युपछि आखामा आँशु !’ फेसबुकमा शुभकामना दिएर ट्वीटरमा किन यस्तो असन्तुष्टि देखाए त भन्ने विषय अहिले चर्चाको एउटा पाटो बनेको छ ।

धेरै नेता कार्यकर्ताले ओलीलाई राजनेता भनेर पुकारदै गर्दै आश्चर्यबोधक चिन्ह सहितको योगेशो ट्वीटको उनी निकटकै नेताले पनि ओलीप्रतिको असन्तुष्टको रूपमा औँल्याएका छन । गत चुनावमा योगेशलाई चुनाव जिताउनका लागि प्रधानमन्त्री ओलीले ताप्लेजुङमै गएर मन्त्री बनाउँछु भनेर पछि धोका दिएको उनी निकटकाहरूको बुझाइ छ । यद्यपी यही बीचमा योगेशले गुटका नाममा ओलीका विरूद्धमा गरेका सबै गतिबिधिका बारेमा जानकार ओलीले किन मन्त्री बनाएनन भन्ने कुरा रहस्यको गर्भमै छ । मन्त्री हुन नपाएपछि संसदीय समितिको सभापति बन्ने योगेशको कोशिश असफल भएको थियो ।

 

यद्यपी  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८ औं जन्मोत्सव भव्य रूपमा मनाए । जन्मोत्सवका अवसरमा शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आँपको विरूवा रोपेका प्रधानमन्त्रीले दिउँसभर नै पार्टीका नेता कार्यकर्ताको तर्फबाट शुभकामना ग्रहण गरेका थिए । सयौँ कार्यकर्ताले प्रधानमन्त्री निवासमै गएर ओलीलाइ शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...