भारतले सुरु गर्यो पाकिस्तानमा बम हमला (ताजा अबस्था यस्तो छ)



हाम्रो इकोनोमि

 

 

भारतीय एयरफोर्सका जहाजले मंगलबार बिहान उज्यालो नहुँदै पाकिस्तान भूमिमा १ हजार किलोग्रामको बम खसालेको छन्।

 

भारतीय सञ्चारमाध्यम एसियन न्युज इन्टरनेशनलका अनुसार पाकिस्तानको अधिनमा रहेको कस्मिरको ‘लाइन अफ कन्ट्रोल’ भन्दा पर गएर जहाजले बम खसालेको हुन्।

अधिकारीहरूले भारतले खसालेको बम पड्किदा त्यहाँ रहेको आतंककारी समूह जैश-ए-मोहम्मदको अखडा ध्वस्त भएको दाबी गरेका छन्।

बम खसालेर भारतीय वायु सेनाका एक दर्जन मिराज २००० जहाज विनाक्षति भारतीय फर्किएको अधिकारीहरूले जनाएका छन्।भारतीय विदेश मन्त्रालयले यसबारेमा आधिकारीक धारणा सार्वजनिक गरेको छैन।

भारतीय कंग्रसका अध्यक्ष राहुल गान्धीले भने ट्वीटरमा लेखेका छन्- म भारतीय एयरफोर्सका पाइलटहरू (कारबाहीमा संलग्न) लाई सलाम गर्छु।

पाकिस्तानले मंगलबार बिहान नै भारतीय जहाज ‘लाइन अफ कन्ट्रोल’ उल्लंघन गरी मुजाफारवादको पाकिस्तानी आकाशमा आएको र पाकिस्तानी वायु सेवाले प्रतिकार गरेपछि फर्किएको बताएको छ।

पाकिस्तानी सेनाका प्रवक्ता जनरल आसिफ गफुरले ट्वीट गर्दै फर्किने बेलामा भारतीय जहाजले हतारमा विस्फोटक पदार्थ खसालेको बताएका छन्।

गत फेब्रुअरी १४ मा भारतको पुलवामामा भएको आत्मघाती हमला ४० भारतीय सुरक्षाकर्मी मारिएका थिए। त्यसपछि भारत र पाकिस्तानको सम्बन्ध तिक्तता आएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा संलग्नले त्यसको मूल्य चुकाउनु पर्ने बताएका थिए।

जवाफमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमाथि आक्रमण गरे केही नसोची त्यसको जवाफ फर्काउने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...