पाकिस्तानविरुद्धको आक्रमणलाई लिएर राहुल गान्धीले भने- भारतीय वायु सेनालाई सलाम



हाम्रो इकोनोमि

 

पुलवामा आक्रमणलाई लिएर भारत र पाकिस्तानबीच तनाव बढेको छ । भारतीय हवाई सेनाले पाकिस्तानको खाइबरपख्तुनख्वास्थित बेलाकोटमा रहेका जैश–ए–मोहम्मद आतंकबादी समूहको तालिम केन्द्रलाई लक्षित गरी हवाई आक्रमण गरेको छ ।

 

पाकिस्तानी सेनाले भारतीय बायुसेनाले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको र पाकिस्तानी हवाई सेनाको जवाफी कार्वाहीपछि फर्किएको जनाएको छ ।

 

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले हमलालाई लिएर एक ट्वीट गर्दै  पाकिस्तानमाथि भारतको आक्रमणलाई लिएर अभिव्यक्ति दिएका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, ‘भारतीय वायुसेनालाई सलाम !’

 

काश्मिर हमलाको जवाफः भारतले पाकिस्तानमा छिरेर गर्यो हमला, हजार किलो बम बर्सायो

 

भारत प्रशासित काश्मिरको पुलवामा हमलाको १२ दिनपछि भारतीय वायुसेनाले पाकिस्तानविरुद्ध ठूलो कारवाही गरेको छ । मंगलबार बिहान करिब साढे तीन बजे मिराज–२००० लडाकू विमानले नियन्त्रण रेखा (एलओसी) पार गरी पाकिस्तान प्रशासित काश्मिरमा छिरेर चरमपन्थी गुटमाथि कारवाही गरेको छ । १२ वटा मिराज विमानले हजार किलो बम बर्सायो । यसमा विभिन्न चरमपन्थी क्याम्प ध्वस्त भएको भारतीय मिडियाले दाबी गरेको छ ।

भारतीय वायुसेनाको सूत्रले यो हमलाको पुष्टि गरेको छ । फेब्रुअरी १३ तारिखमा पुलवामा फिदायीन हमलामा सरकारी सुरक्षाका ४० जवानको मृत्यु भएको छ । जैश–ए–मोहम्मदले यसको जिम्मेवारी लिएको थियो ।

 

स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाले भनेको छ, ‘बालाकोट, चकोटी, मुजफ्फराबादमा जैशका इलाका ध्वस्त भएको छ । बालाकोट पाकिस्तानको प्रान्त खैबर पख्तूनख्वाहमा अवस्थित छ । हमला भएको स्थान एलओसीभन्दा करिब ५० किलोमिटर टाढा छ ।’

 

पाकिस्तान सेनाले भन्यो – भारतले घुसपेठ गर्यो

भारतको कारवाहीमा पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले एक ट्वीट गर्दै भारतीय वायुसेनाले मुजफ्फराबाद सेक्टरमा घुसपेठको कोसिस गरेको थियो ।

 

‘कारवाही आशा गरेभन्दा ठूलो’

जम्मू–कश्मिरका पूर्व मुख्यमन्त्री र नेशनल कन्फरेन्सका नेता उमर अब्दुल्लाले भारतको कारवाहीमा भने, ‘यदि यो कुरा साँचो हो भने यो सानो हमला होइन । यो हामीले आशा गरेभन्दा ठूलो हो ।’

 

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...