डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी कांग्रेसमा बिलय हुँदै, आखिर नयाँ शक्ति पार्टी किन यसरी हल्लियो ?



हाम्रो इकोनोमि

 

रसुवामा नेपाली कांग्रेस र नयाँ शक्ति पार्टीबीच एकता हुने भएको छ । नेपाली कांग्रेस रसुवाले मिडिया डवलीलाई दिएको जानकारी अनुसार सोमबार दिउँसो विशेष कार्यक्रमको आयोजना गरि कांग्रेस र नयाँ शक्तिबीच पार्टी एकता हुन लागेको हो ।

नेपाली कांग्रेसले भब्य समारोहकाबीच सोमबार दिउँसो नेकपाका नेताहरुलाई पार्टी प्रवेश गराउने जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, सहमहामन्त्री डा प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गगन थापा लगायतका नेताहरुले नयाँ शक्तिका नेतालाई पार्टीमा प्रवेश गराउने कार्यक्रम रहेको छ ।

नयाँ शक्तिबाट ५ हजार भन्दा बढी नेता तथा कार्यकर्तासंग कांग्रेसमा प्रवेश गर्ने एक नेताले बताए । नयाँ शक्तिका जिल्ला संयोजक फुर्वा वाङ्दी तामाङको नेतृत्वमा नयाँ शक्तिबाट पार्टीको रसुवा जिल्ला कार्यसमिति कांग्रेसमा बिलय हुन लागेको हो ।

रसुवाबाट एउटा गाउँपालिकामा नयाँ शक्तिले क्लिनस्वीप नै गरेको छ । यो एकताले केन्द्रमा पनि ठूलै सन्देश दिने बताइएको छ ।

नयाँ शक्तिका केन्द्रीय संयोजक डा बाबुराम भट्टराई नयाँ सोचका साथ देश दौडाहामा रहेका बेला यसरी ठुलो संख्यामा नेता कार्यकर्ताले पार्टी परित्याग गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...