महिला टी–२० विश्वकप छनोट : चीनलाई ५ रनले हराउँदै नेपालले चौथो जित निकाल्यो



हाम्रो इकोनोमि

 

विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपालले चौथो जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले चीनलाई ५ रनले हरायो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै ७७ रन बनायो ।

टिममा दुई खेलाडी परिवर्तन गरेको नेपालले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरेको थियो ।

ओपनर सिता राना मगर ११ रनमा आउट भइन् । त्यसपछि लगत्तै नेपालको दोस्रो विकेट झर्यो । अर्की ओपनर काजल श्रेष्ठ १८ रनमा आउट भइन् ।

नेपालको स्कोर ५ रन हुँदा अरु दुई विकेट झर्न पुग्यो । जसमा विन्दु रावल १० रनमा तथा इन्दु बर्मा आठ रनमा पेभेलियन फर्किइन् ।

यस्तै नेपालले ६० रनमा पाँचौ तथा ६५ रनमा छैटौ विकेट खेर फाल्यो । अप्सरा तीन तथा कप्तान रुबिना क्षेत्री ५ रनमा आउट भइन् ।

तर त्यसपछि  नेपालका खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । करुणा भण्डारीले खाता खोल्न सकिनन् भने सरिता मगर ६ रनमा आउट भइन ।

जवाफमा चीन २० ओभरमा ६ विकेट गुमाउँदा ७२ रनमा रोकियो । मात्र चार रन हुँदा पहिलो विकेट गुमाएको चीनले २० रन बनाउदा दुई विकेट खेर फाल्यो ।

उसका लागि झाङ चानले तीन, कप्तान हुवाँ झुओले तीन, फो सोङले ६ रन बनाइन् ।

तेस्रो विकेटका लागि केइउन झु र झाङ मेइले ३८ रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हालेका थिए । तर झु १८ रनमा आउट भएपछि चीनले ५८ रनमा चौथो विकेट गुमायो ।

अन्तिम ओभरमा चीनलाई जितका लागि १६ रन आवश्यक थियो । तर उसले पूरा गर्न सकेन । जसमा उसले एक विकेट गुमाउन पुग्यो । बलिङमा नेपालका लागि सिता राना मगरले तीन विकेट लिइन् ।

आजकाे जितसँगै नेपाल ५ खेलमा ४ खेल जित्दै ८ अंकसहित तेस्राे स्थानमा रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...