नख्खु बम काण्ड : मृतककाे परिवारलाई क्षतिपूर्ति दिने विप्लवकाे घाेषणा



हाम्रो इकोनोमि

 

शुक्रबार साँझ ललितपुरको नख्खुस्थित एनसेलकाे मुख्यालयमा भएको बम बिस्फोटनमा परि ज्यान गुमेका मृतकका परिवारलाई विप्लव पार्टीले क्षतिपूर्ति दिने घाेकषणा गरेका छन् । विस्फाेटनमा एकजना निर्दोष नागरिकको मृत्यु भएकाे थियाे भने दुईजना घाइते भएका थिए ।

 

विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीले बम विस्फोट जिम्मा बीबीसी नेपाली सेवामा अन्तर्वार्ता दिंदै  यो घटनाकाे जिम्मा लिएका हुन् । यसै मिडियाद्वार उनले मृतकलाई क्षतिपूर्ति दिने बताएका हुन् ।

 

विप्लव समूहका नेता हेमन्तप्रकाश वलीले भने बीबीसीको अन्तरवार्तामा गृहमन्त्री बादललाई ठाडै चुनौती दिँदै ‘प्रचण्ड, बाबुराम र बादलहरुले अनाहकमा १७ हजार मानिसको ज्यान लिएकाे भन्दै तिनीहरुलाई सजायँ हुनुर्ने बताएका छन् ।

 

गृहमन्त्रालयले भने यस घटनालाई विप्लव समूहले राजनीतिक आवरणमा हिंसात्मक गतिविधि गर्न थालेको निष्कर्ष निकाल्दै कडा कारबाही गर्ने जनाएकाे छ ।  त्यसलगत्तै गृहमन्त्रालयको निर्देशनअनुसार प्रहरीले विभिन्न जिल्लाबाट २६ जना विप्लवका कार्यकर्तालाई नियन्त्रणमासमेत लिइसकेकाे छ । प्रहरीले देशैभरिबाट विप्लव समूहका कार्यकर्तालाई गिरफ्तार गर्ने अभियान पनि चलाएको छ ।

 

प्रहरी स्रोतका अनुसार अहिले नेपाल प्रहरीको केन्द्रदेखि सबै प्रदेश र ७७ वटै जिल्लामा रहेका प्रहरी कार्यालयहरुले विप्लव समूहका नेता-कार्यकर्ता खोजी, अनुसन्धान तथा निगरानी थालेका छन् । गृहमन्त्री रामबहादुर थापा बादल ‘अपराधीहरुलाई कानुनको कठघरामा ल्याइने बताएका छन् ।

 

नख्खुको घटनामा गृहमन्त्री थापा स्वयम्ले आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सामानन्तर सत्ताको अभ्यास गर्ने क्रममा विप्लव समूहले नख्खु घटना घटाएको दाबी गरेका छन् ।

 

विसं २०४७ पछिका राजनीतिज्ञ, प्रशासकलगायतको सम्पत्ति छानबिन गरिनुपर्छ : कमल थापा

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय छानबिन आयोग गठन गरी विसं २०४७ पछिका राजनीतिज्ञ, प्रशासकलगायतको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिएका छन् ।

 

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उक्त आयोगलाई स्वतन्त्र र निष्पक्षका साथ काम गर्न सरकारले सहयोग गर्नुपर्ने आवश्यकता औल्याउँदै उनले छानबिनका क्रममा नेपालीले विदेशमा लुकाएर राखेको सम्पति र राष्ट्रियकरण गर्न र शङ्कास्पद व्यक्तिको बैंक खाता तत्काल रोक्का गरी अवैध कारोवारमा संलग्न व्यक्तिलाई कानूनबमोजिम कारवाही गर्नुपर्नेमा जोड दिए ।

 

सर्वोच्च अदालतको आदेशबमोजिम एनसेलले तिर्नुपर्ने पूँजीगत लाभकरलगायत सबै कर सरकारले असुल गर्नुपर्नेमा जोड दिँदै उनले वाइड बडी प्रकरणमा संलग्न तथा कर छली प्रकरणमा संलग्नलाई पनि दण्डित गर्नुपर्ने बताए ।

 

देश टुक्र्याउन खोज्ने तत्वलाई कडा कारवाही हुनुपर्ने आवश्यकता औल्याउँदै अध्यक्ष थापाले कालापानी, लिपुलेक र सुस्तालगायत क्षेत्रमा अतिक्रमित नेपाली भूमि फिर्ता लिन कूटनीतिक पहल गर्न र सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गरी खुला सीमा व्यवस्थित र नियमन गर्न पनि माग गरे ।

राजसंस्थासहित सबै राजनीतिक शक्ति अटाउने व्यवस्था कायम गर्न अविलम्ब सर्वपक्षीय गोलमेच सम्मेलन गर्न र सङ्घीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत सङ्ग्रह गर्नुपर्नेमा पनि उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस
८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...