नख्खु बम काण्ड : मृतककाे परिवारलाई क्षतिपूर्ति दिने विप्लवकाे घाेषणा
शुक्रबार साँझ ललितपुरको नख्खुस्थित एनसेलकाे मुख्यालयमा भएको बम बिस्फोटनमा परि ज्यान गुमेका मृतकका परिवारलाई विप्लव पार्टीले क्षतिपूर्ति दिने घाेकषणा गरेका छन् । विस्फाेटनमा एकजना निर्दोष नागरिकको मृत्यु भएकाे थियाे भने दुईजना घाइते भएका थिए ।
विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीले बम विस्फोट जिम्मा बीबीसी नेपाली सेवामा अन्तर्वार्ता दिंदै यो घटनाकाे जिम्मा लिएका हुन् । यसै मिडियाद्वार उनले मृतकलाई क्षतिपूर्ति दिने बताएका हुन् ।
विप्लव समूहका नेता हेमन्तप्रकाश वलीले भने बीबीसीको अन्तरवार्तामा गृहमन्त्री बादललाई ठाडै चुनौती दिँदै ‘प्रचण्ड, बाबुराम र बादलहरुले अनाहकमा १७ हजार मानिसको ज्यान लिएकाे भन्दै तिनीहरुलाई सजायँ हुनुर्ने बताएका छन् ।
गृहमन्त्रालयले भने यस घटनालाई विप्लव समूहले राजनीतिक आवरणमा हिंसात्मक गतिविधि गर्न थालेको निष्कर्ष निकाल्दै कडा कारबाही गर्ने जनाएकाे छ । त्यसलगत्तै गृहमन्त्रालयको निर्देशनअनुसार प्रहरीले विभिन्न जिल्लाबाट २६ जना विप्लवका कार्यकर्तालाई नियन्त्रणमासमेत लिइसकेकाे छ । प्रहरीले देशैभरिबाट विप्लव समूहका कार्यकर्तालाई गिरफ्तार गर्ने अभियान पनि चलाएको छ ।
प्रहरी स्रोतका अनुसार अहिले नेपाल प्रहरीको केन्द्रदेखि सबै प्रदेश र ७७ वटै जिल्लामा रहेका प्रहरी कार्यालयहरुले विप्लव समूहका नेता-कार्यकर्ता खोजी, अनुसन्धान तथा निगरानी थालेका छन् । गृहमन्त्री रामबहादुर थापा बादल ‘अपराधीहरुलाई कानुनको कठघरामा ल्याइने बताएका छन् ।
नख्खुको घटनामा गृहमन्त्री थापा स्वयम्ले आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सामानन्तर सत्ताको अभ्यास गर्ने क्रममा विप्लव समूहले नख्खु घटना घटाएको दाबी गरेका छन् ।
विसं २०४७ पछिका राजनीतिज्ञ, प्रशासकलगायतको सम्पत्ति छानबिन गरिनुपर्छ : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय छानबिन आयोग गठन गरी विसं २०४७ पछिका राजनीतिज्ञ, प्रशासकलगायतको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उक्त आयोगलाई स्वतन्त्र र निष्पक्षका साथ काम गर्न सरकारले सहयोग गर्नुपर्ने आवश्यकता औल्याउँदै उनले छानबिनका क्रममा नेपालीले विदेशमा लुकाएर राखेको सम्पति र राष्ट्रियकरण गर्न र शङ्कास्पद व्यक्तिको बैंक खाता तत्काल रोक्का गरी अवैध कारोवारमा संलग्न व्यक्तिलाई कानूनबमोजिम कारवाही गर्नुपर्नेमा जोड दिए ।
सर्वोच्च अदालतको आदेशबमोजिम एनसेलले तिर्नुपर्ने पूँजीगत लाभकरलगायत सबै कर सरकारले असुल गर्नुपर्नेमा जोड दिँदै उनले वाइड बडी प्रकरणमा संलग्न तथा कर छली प्रकरणमा संलग्नलाई पनि दण्डित गर्नुपर्ने बताए ।
देश टुक्र्याउन खोज्ने तत्वलाई कडा कारवाही हुनुपर्ने आवश्यकता औल्याउँदै अध्यक्ष थापाले कालापानी, लिपुलेक र सुस्तालगायत क्षेत्रमा अतिक्रमित नेपाली भूमि फिर्ता लिन कूटनीतिक पहल गर्न र सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गरी खुला सीमा व्यवस्थित र नियमन गर्न पनि माग गरे ।
राजसंस्थासहित सबै राजनीतिक शक्ति अटाउने व्यवस्था कायम गर्न अविलम्ब सर्वपक्षीय गोलमेच सम्मेलन गर्न र सङ्घीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत सङ्ग्रह गर्नुपर्नेमा पनि उनले जोड दिए ।