सुँगुरका लागि सङ्कलित अखाद्य वस्तु घरेलु मदिरा उत्पादनमा



 

सुँगुर र बंगुरलाई भनेर संकलन गरिने फोहोर खाद्यान्न र अखाद्य वस्तु घरेलु मदिरा बनाउन प्रयोग हुने गरेको खुलेको छ । महानगरीय प्रहरी वृत्त, थानकोट र प्रहरी प्रभाग, बलम्बुले चलाएको मदिरा नियन्त्रण अभियानका क्रममा यो रहस्य खुलेको छ । बलम्बु प्रहरीले शुक्रबार मात्रै १२ हजार ४ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ भने ४ हजार किलो मदिरा बनाउने कच्चा पदार्थ पनि नष्ट गरेको छ ।

 

बलम्बुका प्रहरी प्रमुख प्रहरी निरीक्षक शंकर खड्काका अनुसार पार्टी प्यालेस र विवाह भोजबाट उठाइएको अखाद्य वस्तुलाई पनि कच्चा पदार्थको रुपमा राखिएको भेटिएको छ । उनले  भने, ‘चन्द्रगिरी नगरपालिका–८, कञ्चनवस्तीमा रहेको आधुनिक घरभित्रै हजारौं लिटर अवैध भट्टी र मदिरा फेला परेको थियो ।’

 

थानकोटका डीएसपी कुमार विक्रम थापाका अनुसार ती ठाउँहरुमा छापा मार्दा रहस्यमय तवरले आधुनिक घरभित्र मदिराको भट्टी फेला परेको छ । उनले सुनाए, ‘तीन ओटा सुविधा सम्पन्न घरबाट ती मदिरा र मदिरा बनाउने कच्चा पदार्थ बरामद भएको छ ।’

 

घरेलु मदिराका कारण समाजमा विभिन्न खालका समस्याहरू हुने गरेको गुनासो बढेपछि घरेलु मदिरा किनबेच तथा उत्पादनमा प्रहरी कडाइ गरेको उनी बताउँछन् ।

 

‘घरेलु मदिरा सेवनकै कारण दैनिक दर्जनौं झगडा तथा विभिन्न खालका विकृति हुन थालेका छन्’, थापाले भने, ‘घरेलु मदिरा नियन्त्रण गर्दा मात्र पनि केही अपराध कमी हुन्छ भन्ने विश्वास लिएका छौं ।’

 

यस्ता पनि छोरा : आमालाई मारेर मासु पकाएर खाए, खाइ नसकेको कुकुरलाई दिए

 

आमाको माया संसारको कुनै पनि वस्तुसँग दाँज्न सकिंदैन । आमा जहिले पनि पूजनीय हुन्छिन् । तर, यहि संसारमा यतिसम्म क्रुर र राक्षसी छोरा पनि छन् जसले आमाको हत्या मात्र गरेनन् मासु नै पकाएर खाए, अनि खाइनसकेको मासु र हड्डी कुकुरलाई खुवाए ।

 

२६ वर्षे अल्बर्टो सान्चेजले एक महिना अघिदेखि हराइरहेकी मारिया सेलेड्याड गोमेजको खोजीमा जुटेका जासुस आफ्नो घरमा आइपुगेपछि आमाको हत्या गरेको स्वीकार गरेका छन् । चकित पुलिसले ६६ वर्षे मारियाको शव ६ वटा ठूलो प्लाष्टिकको झोलामा मड्रिडस्थित उनको फ्ल्याटमा फेला पारे ।

 

सान्चेजले आमाको हत्या गरेर शवलाई टुक्रा–टुक्रा पारेर पकाएको मिरर डट को डट युकेले बताएको छ । उनले आमाको आन्द्राभुँडी फोहोर फ्याँक्ने भाँडोमा फालिदिएको स्रोतले बताएको छ । स्प्यानिस पत्रिका इएल मुन्दोका अनुसार आमाको शरिरलाई हजार टुक्रा बढी पारिएको थियो ।

 

उनका महत्वपूर्ण अंग हराइरहेका थिए भने आन्द्राभुँडी फ्ल्याटमा भएको डस्टबिनमा भेटिएको थियो । सान्चेज, बेरोजगार पूर्व वेटर, ले आमाको हत्या कसरी गरे भन्नेबारे पुलिसले जानकारी दिएको छैन ।

 

सान्चेजका साथीहरुका अनुसार उनी लागूऔषधको कुलतमा लागेपछि परिवारका लागि बोझ बनेका थिए । साथीहरुका अनुसार उनी घरको अगाडि पट्टी रहेको पार्कको बेन्चमा बसेर रक्सी पिइरहन्थे ।

उनले आमाको हत्या कहिले गरे भन्नेबारे जानकारी नभएपनि पुलिसले घटना एक हप्ताअघि भएको हुनसक्ने आशंका गरे । यद्यपी, छिमेकीले एक हप्ताअघि मारियालाई घाम तापिरहेको देखेको दाबी गरेका छन् । पुलिस स्रोतका अनुसार १५ वर्ष हुँदा बुवा गुमाएका सान्चेजले आमाको शवको टुक्रा पकाएर आफूले पनि खाए र कुकुरलाई पनि खुवाए ।

 

आमालाई बारम्बार घरेलु हिंसा गरेका कारण पक्राउ परेका उनलाई पुलिस अधिकारीहरुले राम्रोसँग चिन्थे । छिमेकीका अनुसार मारियाको शरिरमा थुप्रै चोटपटक देखिरहन्थे जसलाई उनीहरुले कुकुरले बनाइदिएको अनुमान गर्दथे

प्रतिक्रिया दिनुहोस
सर्वोच्च अदालतको बोर्डमा कालो छ्याप्ने विनु यादव पक्राउ

    श्रीमानबाट घरेलु हिंसामा परेको दाबी गर्दै आएकी विनु यादवले आज सर्वोच्चको

आजपनि तोलामा २ हजार ६ सय घट्यो सुन

    अघिल्लो दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको सुन मंगलबार

रिहा भए पूर्वमन्त्री लिलाबल्लभ अधिकारी

    कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी प्रहरी हिरासतबाट रिहा

चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता