अर्थमन्त्री डा.युवराज खतिवडाले राजीनामा दिने !



हाम्रो इकोनोमि

 

 

अर्थमन्त्री डा.युवराज खतिवडाले राजीनामा दिने धम्की दिएका छन् ।

कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने र त्यसबाट अर्थमन्त्री खतिवडालाई समेत हटाउने चर्चा चलिरहेका बेला अर्थमन्त्री आफैंले ओलीलाई भेटेर राजीनामा दिने धम्की दिएका छन् ।

पार्टीभित्र र बाहिर आफ्नो चर्काे आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अर्थमन्त्रीले राजीनामा दिने बताएका छन् ।

अर्थमन्त्री डा। खतिवडाले केही दिन अगाडि नै प्रधानमन्त्री ओलीलाई आफूले ‘मार्ग प्रशस्त गर्ने’ जानकारी गराएका स्रोतको दाबी छ । तर प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा। खतिवडालाई काम गरिरहन भनेका थिए । ओलीले काम गरिरहन भनेपनि खतिवडा काम गर्ने मुडमा छैनन् ।

प्रधानमन्त्री ओलीले डा। खतिवडालाई अर्थमन्त्रीको जिम्मेवारी दिँदा नै पार्टीभित्र असन्तुष्टि बढेको थियो । तत्कालीन नेकपा एमालेका महासचिव ईश्वर पोखरेल नै अर्थमन्त्री हुन चाहेका समाचार सार्वजनिक भएका थिए । तत्कालीन एमालेका सचिव प्रदीप ज्ञवाली पनि अर्थमन्त्री बन्ने लविङमा रहेको भनिएको थियो ।

अनुमान विपरीत एकाएक खतिवडा अर्थमन्त्री बनेका थिए । उनले बृद्धभत्ता बृद्धि लगायतका चुनाबी नारालाई कार्यान्वयन गर्न नसकेपछि अर्थमन्त्री खतिवडाको संसदकै सत्तापक्षीय सांसदले आलोचना गरेका थिए । प्रधानमन्त्री ओलीले अर्थतन्त्र बुझेको व्यक्ति भन्दै डा। खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरे । डा। खतिवडा २०७४ फागुन ४ गते अर्थमन्त्री बनेका थिए । डा। खतिवडा अर्थमन्त्री बनेपछि गत जेठ १५ गते बजेट ल्याएका थिए ।

पछिल्लो समय उद्योगी व्यवसायीले अर्थमन्त्रीलाई ‘क्रस’ गरेर सिधै प्रधानमन्त्री भेट्न थालेपछि डा। खतिवडा निरास बनेको स्रोतले बतायो । अर्थमन्त्री डा। खतिवडाले आफूहरूका उचित माग पनि सम्बोधन नगरिदिएको र आफूहरुको कुरै नसुनेको भन्दै उद्योगी व्यवसायी सिधै प्रधानमन्त्रीलाई भेटेर आफ्नो माग पूरा गराउन थालेपछि अर्थमन्त्रीको असन्तुष्टि बढेको बताइएको छ ।

गत भदौ तेस्रो साता चिनी उद्योगीले प्रधानमन्त्री ओलीलाई भेटेर चिनीको भन्सार महसुल बृद्धि गर्न र चिनी आयातमा परिमाणात्मक बन्देज लगाइदिन आग्रह गरेका थिए । उद्योगीको माग अनुसार नै सरकारले असोजदेखि नै चिनीमा वार्षिक एक लाख टन मात्रै आयात गर्न पाउने र भन्सार दर साविकको १५ प्रतिशतबाट बढाएर ३० प्रतिशत बनाउने निर्णय गरेको थियो ।

अर्थमन्त्री डा। खतिवडा अब अर्थमन्त्रीको जिम्मेवारीबाट हट्न चाहेका उनी निकट स्रोत बताउँछ । स्रोतका अनुसार डा। खतिवडाले सो कुराको प्रधानमन्त्री ओलीलाई भेटेर मौखिक जानकारी नै गराएका छन् ।

डा। खतिवडाले आफूले बाहिरबाट पनि प्रधानमन्त्री ओलीलाई सक्दो सहयोग गर्ने जानकारी गराएका छन् । डा। खतिवडाले पार्टीकै नेता अर्थमन्त्री हुँदा काम गर्न अझ सहज हुने प्रधानमन्त्रीलाई सुझाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...