सावधान ! फागुन १७ गते देखि नेपालमा ग्याँस नपाइने, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

फागुन १७ गतेदेखि बजारमा ग्यास पाइएला कि नपाइएला ? उपभोक्ताको मनमा त्रास छ । ग्यास व्यवसायीले त पत्रकार सम्मेलन नै गरेर भनेका छन् । फागुन १६ गतेसम्ममा हाम्रा १० सूत्रीय माग पूरा नभए ५७ वटा ग्यास उद्योगमा ताला लगाउँछौँ । बिक्री वितरण बन्द गर्छौँ । माग राज्यसँग, त्रास तनाव चैँ जनतालाई । एलपी ग्यास प्रयोगको आदत बनेको छ जीवनशैली । तर बेलाबखत ग्यास व्यवसायी पत्रकार सम्मेलन गरेर भन्छन्, हामीले भनेको मानेनौ भने देशभर चुल्हो नबल्न सक्छ है सरकार ! नेपाल आयल निगमले पनि राष्ट्रहितमा काम गर्न ढिलाइ गर्छ कहिलेकहीँ । ४५ वर्ष भएछ ग्यास ढुवानीमा भारतको एकलौटी । वार्षिक ५ अर्ब रुपैयाँ लगिरहेको छ भारत । अनि नाकाबन्दी लगाएर दुःख पनि दिन्छ । नेपाली ग्यास बुलेट चलाउन किन सक्दैन सरकार ? सरकार र ग्यास व्यवसायीको लेनादेखाको कारोबारमा उपभोक्तालाई किन मार ? किन तनाव ?

नेपाल एलपी ग्यास उद्योग संघ, ५७ वटा ग्यास उद्योगका मालिकहरुको संस्था । मासिक ४० हजार मेट्रिक टन ग्यास वितरण हुने मुलुकमा ग्यासमा परनिर्भरता त छदैँछ, नाकाबन्दी खेप्दा ग्यास पनि अभाव । देशका ग्यास व्यवसायीको १० सूत्रीय माग पूरा नहुँदा पनि ग्यास नपाइएला भन्ने पिरलो । हामी सामाजिक सञ्जालमा, डबलीहरुमा चर्का राष्ट्रवादी राग निकाल्छौँ । २०७२ मा भारतले नाकाबन्दी लगाएर ग्यास ढुवानीमा समस्या देखाएपछि नेपाली ग्यास बुलेट सञ्चालन सपना देखेका थियौँ । ग्यास बुलेट बनायौँ पनि तर चलाएनौँ र भारतले सालिन्दा ५ अर्ब रुपैयाँ लगिरहेको छ नेपालबाट ।बजारमा फागुन १७ गतेदेखि ग्यास नपाइएला कि भनेर अतिरिक्त ग्यासका सिलिण्डर जोहोमा लाग्ने हाम्रो बानी नै छ । यही मौका छोप्दै बजारमा ग्यास व्यापारीले महँगोमा लुकाएर सिलिण्डर बेच्ने प्रपञ्च गर्न सक्छन् । हो, ग्यास व्यवसायीका जाहेज माग पूरा गर्ने दायित्व राज्यको हो । नेपालहितका लागि व्यवसायीले उठाएका मुद्दा सम्बोधन होउन् पनि । तर यसो भनिरहँदा आमसर्वसाधारणको चुल्हो नै नबल्ने गरी व्यवसायीले कदम चाले भने नाकाबन्दी भन्दा के फरक भयो र ? यसो नगर्न र वार्तामार्फत सम्वाद गर्दै उपभोक्तालाई अभाव, तनाव र दबाबमा नपार्न अनुरोध गर्दछौँ । ग्यास वितरण पनि नरोक्ने र वार्तामार्फत समाधान खोज्ने बाटो नै सबैभन्दा उत्तम बाटो हो । राज्य गम्भीर बनोस् । ग्यास उद्योगी जिम्मेवार बनोस् । जनताको चुल्हो बन्द नहोस् ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...