कांग्रेस ध्वस्त बनाउने केसी दाजुभाई देउवाविरुद्ध सक्रिय



 

नेपाली कांग्रेसको ‘गढ’ मानिने नुवाकोट जिल्लालाई आन्तरिक विवाद र परिवारवादका कारण ध्वस्त बनाएका अर्जुन नरसिंह केसी र जगदीश्वर नरसिंह केसीका दाजुभाईले सभापति शेरबहादुर देउवाको व्यक्तिगत रुपमा विरोध थालेका छन् ।

 

केन्द्रीय सदस्य र पदाधिकारीहरूलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउन नहुने कुरालाई उठाएर केसीका दाजुभाईले देउवाविरुद्ध अभियान नै चलाएका छन् । केन्द्रीय सदस्यहरू बुथमा प्रतिनिधि बन्न जाने हो भने अरु कार्यकर्तालाई महासमिति सदस्य बन्ने बाटो बन्द हुनेछ ।

 

त्यति मात्रै होइन अहिलेको कन्द्रीय कार्यसमितिमा देउवाको बहुमत छ । आगामी महाधिवेशनमा ७० जनाभन्दा धेरै महाधिवेशन प्रतिनिधि केन्द्रीय कार्यसमितिका कारण देउवाको पक्षमा हुनेछन् । त्यही प्रतिनिधिहरूलाई रोक्न केसीका दाजुभाई सक्रिय भएर लागेको आरोप छ । केसी दाजुभाईले नेपाली कांग्रेस सुधारका लागि भन्दा पनि व्यक्तिगत स्वार्थमा सभापति देउवाको कठोर आलोचन गर्न थालेको आरोप छ ।

 

नुवाकोट जिल्लामा केसी समूहले कांग्रेसलाई कब्जा गरेर राखेकै कारण दिन प्रतिदिन कांग्रेस जिल्लामा कमजोर बन्दै गएको छ । नुवाकोट जिल्लाको सभापति जगदीश्वर नरसिंह केसी छन् । केसी समूहका कारण नुवाकोटमा नेपाली कांग्रेसले निर्वाचनमा नराम्रोसँग पराजय भोग्न बाध्य भएको उजुरी पार्टी कार्यालयसम्म पुगेको थियो ।

 

व्यक्तिगत स्वार्थका लागि महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीमा उम्मेदवार बनेका अर्जुन नरसिंह केसी पराजित भएपछि देउवा समूहको विरोध गर्दै आएका छन् । केसीले समूह परिवर्तन गरेर नेता रामचन्द्र पौडेललाई साथ दिँदै आएका छन् ।

 

नुवाकोट जिल्लामा केसी समूहले डा.रामशरण महत समूहलाई पेल्दै आएको छ । डा.महत समूहलाई पेल्ने बहानामा केसी समूहले कांग्रेसलाई ध्वस्त बनाएको आरोप छ । नेपाली कांग्रेसका लागि केसी परिवारभन्दा महत परिवार उदार रहेको स्थानीय नेता तथा कार्यकर्ताहरूको भनाइ छ ।

यद्यपि, पछिल्लो समय नुवाकोट जिल्लामा डा.महतको समूहले आफूलाई बलियो बनाएर लगेको छ । जिल्ला महाधिवेशन भयो भने केसी समूहको हातबाट नेतृत्व फुत्किने पक्का रहेको एक नेताले बताए ।

 

कांग्रेस नेताहरू कुट्न काफ्लेद्वारा ‘टोले गुण्डा’ परिचालन, थापाले खोले पोल

 

नेपाली कांग्रेसको पार्टी मुख्यालय सानेपामा आइतबार भएको घटनामा कृष्णप्रसाद सिटौला समूहका विद्यार्थी नेता कुन्दनराज काफ्लेले ‘टोले गुण्डा’हरू परिचलान गरेर सभापति शेरबहादुर देउवासहितका नेताहरूमाथि आक्रमण गराएको खुलासा भएको छ ।

 

नेविसंघका नेता सरोज थापाले काफ्ले समूहले ‘टोले केटा’हरू (टोले गुण्डा) ल्याएर नेपाली कांग्रेसका नेताहरूमाथि आक्रमण गराएको आरोप लगाए । अराजक विद्यार्थी नेताहरूलाई हदैसम्मको कारबाही गर्नुपर्ने थापाले माग गरे । थापाको आरोपपछि काफ्ले कालोनिलो बनेका थिए ।

 

‘जनता जान्न चाहन्छन्’ टेलिभिजन कार्यक्रममा पत्रकार ऋषि धमलासँग आइतबार रातिको बहसमा विद्यार्थी नेता थापाले काफ्ले समूह कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधिसहितका नेताहरूमाथि भौतिक आक्रमणमा उत्रिएको आरोप लगाए ।

 

थापाको छेउमै रहेका कुन्दनराज काफ्लेले आफूहरूका विद्यार्थी नेताहरूमाथि सभापति शेरबहादुर देउवाको निर्देशनमा आक्रमण भएको दाबी गरे । ‘सभापतिज्यूले हाम्रा विद्यार्थी नेता तथा कार्यकर्ताहरूमाथि आक्रमण गराउनुभयो’, उनले भने, ‘नेविसंघलाई सभापतिले ध्वस्त बनाउनु भएको छ ।’

 

नेविसंघका नेता थापाले काफ्लेको आरोपमा कुनै दम नरहेको भन्दै खण्डन गरे । ‘काफ्लेजीले सभापति देउवाले गुण्डाको प्रयोग गरेर आक्रमण गराएको आरोपमा कुनै सत्यता छैन’, थापाले भने, ‘यस्ता नचाहिने कुरा गर्ने ? सबै आरोप फिर्ता लिनुस् । मर्यादित शब्द र कुरा बोल्नुस् कुन्दनजी ।’

 

नेविसंघका नेता थापाले नेविसंघका नाममा अराजकता मच्चाउनेहरूलाई हदैसम्मको कारबाही गर्न माग गरे । ‘पार्टीका सभापतिसहितका नेताहरूमाथि आक्रमण गर्ने अराजक विद्यार्थीलाई कारबाही गर्नुपर्छ’, थापाले भने, ‘कुन्दनजीहरू फाइदा उठाएर लाभ लिन चाहनुहुन्छ ।’

 

जवाफमा काफ्लेले सभापति देउवाको चाकडी गरेर नेविसंघको अध्यक्ष बन्न थापा सक्रिय भएको आरोप लगाए । तर, थापाले काफ्लेलाई नेविसंघ किन बिगारेको भनेर प्रश्न गरेको थिए । थापाको प्रश्नपछि काफ्ले बोल्न सकेनन् ।

 

काफ्लेमथि थापाले नेविसंघको महाधिवेशन गर्न नसकेर संगठनलाई कमजोर बनाएको आरोप लगाए । थापाले भने, ‘कुन्दनजी विघठन भएको कार्यसमितिको महामन्त्री हो । उहाँले किन महाधिवेशन गराउन सक्नु भएन ? जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? अहिले आएर टोले केटाहरू पार्टी कार्यालयमा भित्र्याएर सभापति देउवा, उपसभापति निधिमाथि सांघातिक आक्रमण गराउने ? तपाईहरू जस्ता अराजक नेताहरूलाई कारबाही हुनुपछ ।’

 

थापाको अगाडि बोल्न नसकेका काफ्लेले आफूलाई नेविसंघको अध्यक्ष दिए पनि नबन्ने बताए । उनले आफू दोलखा कांग्रेसको सभापतिको उम्मेदवार बनेर कांग्रेसको राजनीति गर्ने बताए ।

 

नेपाली कांग्रेस र नेविसंघमा राम्रो पहिचान बनाएका काफ्लेले सिटौला समूहको उक्साटमा लागेर गलत क्रियाकलाप गर्दै आएको आरोप छ । काफ्लेलाई सिटौलाका साथै गगन थापा, प्रदीप पौडेलको समर्थन छ ।

सिटौला समूहमा अराजक नेताका रुपमा उदाउँदै गरेका काफ्ले कांग्रेस र नेविसंघभित्रै अलोकप्रिय बन्दै गएका छन् । काफ्लेको धेरैले आलोचना गर्न थालेका छन् । काफ्लेले आफूलाई परिवर्तन गराएर लोकतान्त्रिक बनाउनुपर्ने धेरैले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
जनताको रोजाईको पार्टी एमाले : शंकर पोखरेल

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी

गौशालामा काठमाडौं महानगरको डोजर

    काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचना भत्काएको छ ।आज डोजरसहित पुगेको

बयान सकेर रविलाई पोखरा फर्काइयो

    रुपन्देहीमा ३ दिनको बयान सकेर रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई

हेटौँडा-१२ मा चुनावी सरगर्मी बढ्दो, एमालेको पल्लाभारी

    प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही