‘सारेगमप’मा प्रितमलाई जजले दिए स्ट्याण्टिङ ओभिएसन , अजय देवगनले गरे प्रशंसा (भिडियो सहित)



हाम्रो इकोनोमि

 

भारतको चर्चित रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका २ जना बालकहरुले धमाका मचाईरहेका छन् ।

जि टिभीबाट प्रसारण हुँदै आएको उक्त कार्यक्रमको हिजोको शोमा प्रितम आर्चायले चार्टबस्टर प्रस्तुती दिएका छन् ।

उनले ‘हम किसीसे कम नही’ फिल्ममा समाबेश भएको किशोर कुमारको आवाजमा रहेको गीत ‘बचना ए हसिनो’ गीत गाएका थिए । प्रितमले दिएका प्रस्तुतीहरुमा मेघा अडिसन राउण्डमा दिएको ‘सन्देशे आते है झै’ उत्कृष्ट प्रस्तुती दिए । उनले जज , जुरी मेम्बर र टोटल धमाल फिल्मका युनिटबाट स्ट्याण्डिङ ओभिएसन समेत पाएका थिए ।

जजमध्यकी ऋचा शर्माले यति सानो उमेरमा संगितलाई प्रेम गरेर कसरी यस्तो प्रस्तुती दिन सक्छन् भन्दै उच्च प्रशंसा गरे । उदित नारायण झाको फ्यान समेत रहेका प्रितमको नायक अजय देवगनले पनि प्रशंसा गर्दे भोलीका दिन उदितले नै प्रितमलाई खोज्दै आउने बताए । उनले जुरी मेम्बरबाट सय प्रतिशत नम्बर लिएर आए । जज ऋचा शर्मालाई पनि प्रितमको पालामा नेपाली टोपीमा देखिने गर्छिन् । सुरशाला जुनियर आइडलको उपविजेता समेत रहेका प्रितम कक्षा ६ मा अध्ययनरत छन् ।

ईटहरीका प्रितमको हिजोको प्रस्तुतीबाट बलियो प्रतियोगीको रुपमा देखिएका छन् । उता प्रितमसंगै अर्का नेपाली बालक सिन्धुपाल्चोकका आयुष केसीले पनि शोमा धमाका मच्चाईरहेका छन् । उनीहरुको प्रस्तुतीबाट भारतीय तथा नेपाली दर्शकहरु पनि उत्साहित देखिएका छन् भने नेपालीहरुको अद्भुत कला देखेर जजहरु समेत दंग छन् । उनीहरु युट्युवमा पनि निकै भाईरल बनेका हस्तीहरु हुन् ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...