‘सारेगमप’मा प्रितमलाई जजले दिए स्ट्याण्टिङ ओभिएसन , अजय देवगनले गरे प्रशंसा (भिडियो सहित)



 

भारतको चर्चित रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका २ जना बालकहरुले धमाका मचाईरहेका छन् ।

जि टिभीबाट प्रसारण हुँदै आएको उक्त कार्यक्रमको हिजोको शोमा प्रितम आर्चायले चार्टबस्टर प्रस्तुती दिएका छन् ।

उनले ‘हम किसीसे कम नही’ फिल्ममा समाबेश भएको किशोर कुमारको आवाजमा रहेको गीत ‘बचना ए हसिनो’ गीत गाएका थिए । प्रितमले दिएका प्रस्तुतीहरुमा मेघा अडिसन राउण्डमा दिएको ‘सन्देशे आते है झै’ उत्कृष्ट प्रस्तुती दिए । उनले जज , जुरी मेम्बर र टोटल धमाल फिल्मका युनिटबाट स्ट्याण्डिङ ओभिएसन समेत पाएका थिए ।

जजमध्यकी ऋचा शर्माले यति सानो उमेरमा संगितलाई प्रेम गरेर कसरी यस्तो प्रस्तुती दिन सक्छन् भन्दै उच्च प्रशंसा गरे । उदित नारायण झाको फ्यान समेत रहेका प्रितमको नायक अजय देवगनले पनि प्रशंसा गर्दे भोलीका दिन उदितले नै प्रितमलाई खोज्दै आउने बताए । उनले जुरी मेम्बरबाट सय प्रतिशत नम्बर लिएर आए । जज ऋचा शर्मालाई पनि प्रितमको पालामा नेपाली टोपीमा देखिने गर्छिन् । सुरशाला जुनियर आइडलको उपविजेता समेत रहेका प्रितम कक्षा ६ मा अध्ययनरत छन् ।

ईटहरीका प्रितमको हिजोको प्रस्तुतीबाट बलियो प्रतियोगीको रुपमा देखिएका छन् । उता प्रितमसंगै अर्का नेपाली बालक सिन्धुपाल्चोकका आयुष केसीले पनि शोमा धमाका मच्चाईरहेका छन् । उनीहरुको प्रस्तुतीबाट भारतीय तथा नेपाली दर्शकहरु पनि उत्साहित देखिएका छन् भने नेपालीहरुको अद्भुत कला देखेर जजहरु समेत दंग छन् । उनीहरु युट्युवमा पनि निकै भाईरल बनेका हस्तीहरु हुन् ।

 

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको