यस्तो पो जोडी ! श्रीमान नक्कली वकिल, श्रीमती नक्कली डिएसपी, प्रहरी हिरासतमा पनि सँगै



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय प्रहरीको सक्रियतामा ठगीका विभिन्न रुपहरु बाहिर आइरहेका छन । यस्तै एउटा अचम्मको ठगीको धन्दाको पर्दाफास भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले श्रीमान नक्कली वकिल र श्रीमती नक्कली डिएसपी बनेर ठगीको संगठित धन्दा चलाउने एक जोडीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

पीडितहरुको उजुरीको आधारमा पक्राउ परेका जोडीले करोडौँ ठगेको देखिएको छ । ठगीकै माध्यमबाट उनीहरुले करोडौँ रुपैँयाँ जम्मा गरेको बुझिएको छ ।

काठमाडौँको बालाजुमा घर भएका मनोहर तिवारी र सीता उप्रेतीले वर्षौअघिदेखि ठगी धन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ ।

सुरुमा श्रीमान मनोहर तिवारीलाई पक्राउ गरेको प्रहरीले पीडितको उजुरीको अधारमा प्रहरी हवल्दार सीता उप्रेतीलाई समेत पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहन थापाले दैनिकीलाई जानकारी दिए ।

डिएसपी थापाले तिवारी र उप्रेती दुबैलाई ठगी र संगठित अपराधको मुद्दमा अनुसन्धान गरिरहेको बताए ।

उनले भने ‘सुरुमा हामीले पीडितहरुको झण्डै दर्जन उजुरीको आधारमा मनोहर तिवारीलाई पक्राउ गरेका थियौँँ, अनुसन्धान र थप उजुरीका कारण तिवारीकी श्रीमती त्रिभिुवन विमानस्थालका कार्यरत प्रहरी हवल्दार सीता उप्रेतीलाई यही भाद्र ३ गते पक्राउ गरिएको छ ।’

प्रहरीका अनुसार सीता हवल्दारबाट नलिम्बित भएकी छिन । उनीहरुल माथि सम्पत्ति शुद्धिकरणको मुद्दा समेत चल्न सक्ने प्रहरीले जनाएको छ । प्रहरीमा परेको उजुरीका अनुसार उनीहरुले ठगीबाटमात्रै पाँच करोड बढी सम्पत्ति जम्मा गरेका छन । प्रहरीको अनुसन्धानबाट खुले अनुसार तिवारी न कानुन व्यवसायी (वकिल) हुन नत लेखापढी व्यवसयी नै तर उनले कुर्सीको पछिपट्टी कालोकोट राखेर घरमै अफिस खालेर वकिल हुँ भन्दै विचौलियाको भूमिकामा ठग्दै आएका रहेछन ।

नक्कली डिएसपी प्रहरी हवल्दार सीता उप्रेती नक्कली वकिलको कुर्सीमा । एक दशकअघिदेखि वकिलका नाममा ठग्दै आएका तिवारीले पछिल्लो पटक आफ्नो ठगी धन्दालाई राजनीतिक रंग समेत दिएका थिए । दैनिकीको सम्पर्कमा आइपुगेका तिवारीबाट पीडित भएका एक व्यक्तिका अनुसार उनले विगतमा नेकपा एमालेको कार्यकर्ता हुँ भन्दै राजनीतिक सम्बन्ध देखाएर ठगी गर्दथे तर पछिल्लो एक वर्षयता आफू स्वतन्त्र भन्ने र कांग्रेसका नेताहरुसँग सम्बन्ध रहेको बताउँदै आएका थिए ।

उनी सधैँजसो कालोकोटमा सजिएर छातीको दायाँतर्फ नेपाल बार एसोसिएसनको लोगोसमेत लगाएर अदालत र शहर चहार्दै हिँड्न गरेका थिए । अदालतको इतिहासमै पहिलोपटक जिल्ला अदालत ललितपुरले तिवारीलाई विचौलिया घोषित गरी अदालत प्रवेश रोक लगाएको सार्वजनिक सूचना समेत प्रकाशित गरेको थियो ।

नक्कली वकिल मनोहर तिवारी, जो लेखनदास समेत नरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । कानुन व्यावसायी भनेर मुद्दाका पक्षहरूको साथमा विभिन्न इजलास, मुद्दा शाखा र अभिलेख शाखामा जाने तिवारीले अदालती काम कारवाहीमा समेत अवरोध हुनगरी बिचौलियाको भूमिका निर्वाह गरेको भन्दै ललितपुर जिल्ला अदालतले २०७२ चैत २३ गते अदालत प्रवेशमा निषेध गर्ने निर्णय नै गरेको हो ।

उनको मुख्य काम भनेको अदालत परिसरमा भेटिने सेवाग्राहीलाई मुर्गा बनाउने र आफ्नो कार्यालयसम्म लगेर ठग्ने रहेको बुझिएको छ । प्रहरको हवल्दार रहेकी श्रीमतीलाई उनले डिएसपी भएको बताउने गरेको पीडितले बताएका छन । उनले घरमा आउने मान्छेलाई आफू डिएसपी रहेको बताउने गरेका थिइन । र निहुँ खोजे समातारे थुनिदिने धम्की दिने गरेकी थिइन ।

तिवारीले मुद्दा जिताइदिन्छु भनेर पैसा लिएका केहीले कागे परे मुद्दा जिते पनि अधिकांश बढीले मुद्दा हारेपछि आफ्नो पैसा फिर्ता माग्ने गरेका थिए । तर पैसा माग्ने मान्छे आएपछि श्रीमतीलाई डिएसपीको बर्दी लगाउन लगाएर तीनलाई धम्काउने काम गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नक्कली डिएसपी उप्रेती नेकपाका नेतासँगै एउटा फर्मको उद्घाटन कार्यक्रममा । प्रहरीमा परेको उजुरीका अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर २६ मा केही व्यावसायीहरू मिलेर ‘सामूहिक व्यावसायिक बचत तथा ऋण सहकारी संस्था’ खोलेका थिए । ‘ज्योती समूह, सुधिर बस्नेत तथा लालिगुराँस सहकारीको कानुनी सल्लाहकार हुँ’, भन्दै उक्त सहकारीको सम्पर्कमा पुगेका तिवारीले ५ करोड लगानी गरेर ‘सामूहिक व्यावसायिक बचत तथा ऋण सहकारी संस्था’लाई वाणिज्य बैङ्क बनाउने योजना सुनाए ।

सहकारी सञ्चालकहरूले तिवारीको कुरा पत्याए अनि ५ करोड बराबरको सेयर दिन राजी भए । मौखिक रूपमा सहकारीका सञ्चालकहरू सेयर दिन सहमत भएसँगै मनोहरले उक्त सहकारीको कार्यालयमा आफ्नै हालीमुहाली चलाए र सहकारीमा एक रुपैयाँ पनि लगानी नगरी त्यहीबाट एक करोड बढी ठगी गरे ।

ललितपुर जिल्ला अदालतले नक्कली वकिल मनोहर तिवारीलार्इ अदालतमा प्रवेश निषेध गरेको सूचना ।

उनले डिएसपी बनाएकी श्रीमती तीन नम्बरकी हुन । जो मनोहरको सम्पर्कमा आएर श्रीमान छोड्ने समयसम्म पनि ठगीकै काममा थिइन । एक छोरासहित मनोहरसँग दोस्रो बिहेगरेकी सीताको घरमा समेत एकाधिकार चलाएकी छिमेकीहरुले बताएका छन । टोल छरछिमेकमा उनीहरुको दादागिरी चरमचुलीमा पुगेको थियो । दुबै जना प्रहरी हिरासतमा पुगेपछि ठग्नेहरु जस्तोसुकै संरक्षण भए पनि कानुनी कारबाहीको भागिदार बन्ने भन्दै छिमेकीहरु भने खुशी देखिएका छन ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...