ठूला मालासँग सजग रहन नेताहरूलाई सूर्य थापाकाे ध्यानाकर्षण



हाम्रो इकोनोमि

 

याे के भएकाे हाेला ?

नेकपा अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” कपिलवस्तुकाे विजयनगरमा भारतीय मालाकाे खपतमा प्रमुख आतिथ्यता ग्रहण गर्नुहुँदै !
यस्तै आयाेजनाका लागि माला बाेकेर भारतबाट ल्याउँदै बबुरा सर्वहारा कार्यकर्ताहरू !! हिन्दु अतिवादी भाजपा नेता भारतीय प्रधानमन्त्री महामहिम नरेन्द्र दामाेदरदास माेदी मजदुरकाे गाेडा धुँदै !!! विराेधाभाष/ अतिवाद !!!!

 

अनि म,
जनकपुर(माेदीकाे सम्मानमा प्रदेश सरकारले गरेकाे), राैतहट, सर्लाही, पर्सा, बारा, डाेटी र कपिलबस्तुमा आफ्नाे देशका पाहुना तथा श्रद्धेय नेताहरूकाे काेभन्दा काे कमकाे माला प्रतिस्पर्धा तथा चाकडीवाजहरूकाे हाेडवाजी देखेर दंगदास हुँदै प्रचार गरेर मख्ख !!!
सम्मानित नेताहरूले गल्ती गर्नुभयाे भन्न त मिल्दै मिलेन !!!मालामार्फत सुरक्षा खतरा आउन पनि सक्छ कि ? याे कतै त्यसकै रिहर्सल त हाेइन ??

 

खाेई सि जिनपिङ र डाेनाल्ड ट्रम्पले यस्ताे हाेडवाजी नगरेर राष्ट्रपति पद गुमाउनु परेकाे भन्ने समाचार त सुन्न पाइएकाे छैन त ??? नेपालका “आयाेजक” चाकडीवाजहरूले हाम्रा नेतालाई भारतबाट आयातीत मालाकाे यसखाले स्वागत गरेर सम्मान गरेका कि खुट्टामा तेल लगाएर केराकाे बाेट चढाएका ????

 

याे सामन्ती, सामन्तवादकै अवशेषरूपी, पूँजीवादी, निम्न पूँजीवादी व्यक्तिवादी, आत्मप्रशंसावादी वा स्तुतिआरतीवादी अथवा समाजवादउन्मुख जनताकाे जनवादी , भारतउत्पादित फूल खपतवादी वा माैलिक नेपाली र नेपालवादी, अझ समृद्ध नेपाल निर्माणकाे दृढ संकल्पवादी कस्ताे सांस्कृतिक अभ्यास र पूर्वाभ्यास हाे ?????नेताज्यूहरू मालारूपी यस्ता एम्बुसमा पर्नबाट जाेगिन संभव छ कि छैन ??????हामीलाई त बुझ्नै गा-हाे पाे भयाे ???????

(नेकपाका नेता सुर्य थापाको फेसबुकबाट)
Image may contain: 2 people, people standing
Image may contain: 3 people, people sitting
Image may contain: 3 people, people sitting

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...