खड्गबहादुर विश्वकर्मालाई आजै पक्राउ गरेर जेल हाल्ने तयारी



 

खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई आजै पक्राउ गरेर जेल हाल्ने तयारी सरकारले गरेको बुझिएको छ । नेपाल कम्युनिष्ट पार्टी विप्लबका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बिरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले मुद्दा अघि बढाउने तयारी गरेको छ।

 

विभाग स्रोतका अनुसार प्रहरी अनुसन्धानमा प्रकाण्डले करिब ८ करोड चन्दा उठाएको भेटिएपछि सम्पत्ति शुद्धिकरणमा अनुसन्धान सुरु भएको हो। विभागले अनुसन्धान अधिकृत तोकेर प्रकाण्डको सम्पत्ति केलाउन थालेको हो।

 

हिंसात्मक आक्रमणमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टीलाई व्यवसायिक संस्था र घरानाले ठूलो रकम उपलब्ध गराएको सुरक्षा अंगको विश्लेषणपछि अनुसन्धान सुरु भएको थियो। उद्योगी, व्यवसायीबाट उठाएको रकम व्यवस्थापनको जिम्मा पार्टीले प्रकाण्डलाई दिएको छ।

 

ललितपुर नक्खुस्थित दूरसञ्चार सेवा प्रदायक एनसेलको कार्यालय नजिकै शुक्रबार राति नेपाल कम्युनिस्ट पार्टीले बम विस्फोट गराएको थियो। बम विस्फोटमा परी एक जनाको मृत्यु भएको थियो। दुई घाइते भएका थिए। यो बम विस्फोटसँगै प्रकाण्डविरूद्धको कारवाहीलाई तीब्रता दिन लागिएको स्रोतहरूले बताए।

 

विभागका निर्देशक बिनोद लामिछानेले प्रकाण्डबिरुद्ध भइरहेको अनुसन्धान आफूलाई थाहा नभएको बताए। तर विभिन्न स्रोतहरुले उनीबिरुद्धको फाइल खुला गरिएको दाबी नेपालखबरसँग गरेका छन्। विभागले तोकेका अधिकारीले गोप्य अनुसन्धान गर्ने भएकाले सबै विवरण आफूलाई थाहा नहुने निर्देशक लामिछानेको भनाइ छ।

 

‘हामीले गोप्य अनुसन्धान गर्ने हो। परिपक्व भएर मिडियामा लैजाने अवस्थामा मात्र मलाई जानकारी हुने हो, एम्याेचर अवस्थामा मलाइ थाहा हुँदैन’, निर्देशक लामिछानेले भने।

 

प्रहरीको विशेष ब्युरोले २३ साउन २०७५ मा प्रकाण्ड र उनका सहयोगी प्रेम दर्नाललाई नागढुंगाबाट पक्राउ गरेको थियो। ब्युरोले सोही दिन प्रकाण्डको कपनस्थित डेरामा छापा मारेर महत्वपूर्ण दस्तावेजसहित आर्थिक हिसाबकिताब राखिएको रजिष्टर बरामद गरेको थियो।

 

प्रहरीले प्रकाण्डको डेराबाट बरामद डायरीमा विप्लबको भावी सैन्य रणनीतिदेखि चन्दादाता र उठाएको रकमको फेहरिस्त उल्लेख थियो। बरामद भएको खातामा आर्थिक वर्ष २०७३ देखि साउनसम्मको आम्दानी र खर्चको विवरण उल्लेख छ। खातामा यस अवधिमा ७ करोड ७५ लाख रुपैयाँ चन्दा बापत उठाएको उल्लेख थियो। जसमध्ये एक करोड रुपैयाँ लडाकुको व्यवस्थापनमा खर्च भएको उल्लेख थियो। प्रहरी स्रोतका अनुसार बरामद खातामा चन्दाबाट आम्दानी भएको उल्लेख छ। जसमा चन्दा दिने ब्यक्ति र संस्थाको नाम समेत रहेको थियो।

 

सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण निवेदनपछि रिहा भएका प्रकाण्डका बिषयमा थप अनुसन्धानका लागि फाइल र बरामद दस्तावेजको मिसिल त्यही बेला सम्पत्ति शुद्धिकरणमा बुझाइएको थियो। प्रहरी उच्च स्रोतका अनुसार नेपाल कम्युनिस्ट पार्टीप्रति सरकारको धारणा नरम भएसँगै केन्द्रीय विधि विज्ञान प्रयोगशालामा जाँचका लागि पठाएका कागजपत्र समेत फिर्ता आएका छैनन्।

‘सम्पत्ति शुद्धिकरणमा केन्द्रीत भएर अनुसन्धान भइरहेको छ। सरकारको निर्देशन के आउँछ भन्ने पर्खाइ पनि छ’, स्रोतले भन्यो। प्रहरीले साउनमा बरामद दस्तावेजमा फागुन १ लाई आधार बनाएर सैन्य कारवाही अघि बढाउने उल्लेख थियो। दस्तावेजमा पोशाक, बन्दोबस्ती र प्राविधिक (हातहतियार र गोलाबारुद) का लागि रकम बिनियोजन र खर्च विवरण समेत उल्लेख थियो।

प्रतिक्रिया दिनुहोस
जनताको रोजाईको पार्टी एमाले : शंकर पोखरेल

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी

गौशालामा काठमाडौं महानगरको डोजर

    काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचना भत्काएको छ ।आज डोजरसहित पुगेको

बयान सकेर रविलाई पोखरा फर्काइयो

    रुपन्देहीमा ३ दिनको बयान सकेर रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई

हेटौँडा-१२ मा चुनावी सरगर्मी बढ्दो, एमालेको पल्लाभारी

    प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही