बंगलादेशमा विमान अपहरण, आत्मसमर्पण गर्न नमानेपछि अपहरणकारी मारिए



हाम्रो इकोनोमि

 

बंगलादेशको सरकारी वायुसेवा कम्पनीको विमान अपहरण गर्ने व्यक्ति मारिएका छन्।  सरकारी यात्रुवाहक जेट विमान अपहरणको प्रयास भएपछि चितगोंग शहरमा उक्त विमानको आइतबार आपतकालीन अवतरण गरिएको थियो।

 

राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको सो विमान फ्लाइट बीजी १४७ मा १ सय ४२ जना यात्रु सवार थिए। सन्दिग्धलाई गोली हानिएको र उनको मृत्यु भएको बिबिसले लेखेको छ।

 

सन्दिग्धलाई आत्मसमर्पण गर्न भनिएको तर नमानेपछि गोली हानिएको सरकारी अधिकारीहरुले बताएका छन्। करिब २५ वर्षीय अपहरणकारीको नाम भने खुलेको छैन। विमान अपहरणको कारण पनि खुलेको छैन। अपहरणमा परेको विमानका यात्रु र चालकदलका सदस्य सकुशल छन्।

 

सोही विमानमा यात्रा गरिरहेका सांसद मोइनउद्दिन खान बादलले एक यात्रुले हतियार देखाउँदै विमान अपहरण गर्न खोजेको बताए।अपहरणकारीले विमानचालकलाई आफ्नो कुरा प्रधानमन्त्री शेख हसिनासँग गराउन भनेका थिए।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...